केन्द्रीय संस्करण

गरिबले कसरी झेल्ने कोरोना ?

कोरोनाको प्रकोपबाट कसरी बच्ने : एक समाजशास्त्रीको दृष्टिकोण

person explore access_timeचैत ११, २०७६ chat_bubble_outline0
खटिखाने श्रमजीवि वर्ग नै लकडाउनको सबैभन्दा बढी मारमा पर्ने गर्छन् । (प्रतीकात्मक तस्बिर)

गरिबहरुले सबै बेला र अवस्थामा धेरै किसिमका जोखिमको सामना गर्नुपर्ने हुन्छ। प्रत्येक जोखिमले माथि उठ्न खोज्ने गरिबहरुका प्रयासलाई चकनाचुर बनाइदिन्छ। लक्ष्यमा लाग्न दिँदैन, बाटो परिवर्तन गर्न बाध्य बनाउँछ । यतिबेला ‘कोरोना भाइरस’ले त्रासदी फैलाएको छ र स्वास्थ्य विशेषज्ञहरुले यो निकै भयानक रहेको बताइरहेका छन् । यो आलेख तयार पर्दासम्म कोरोना भाइरसबाट विश्वभर ३ लाखभन्दा बढी मानिसमा संक्रमण देखिएको छ र मृत्यु हुनेको संख्या पनि १४ हजार नाघिसकेको छ । यो भाइरस अत्यधिक तीव्र गतिमा फैलिरहेको छ, भाइरसको कुनै उपचार पत्ता लागेको छैन र सारा विश्व चिन्तित छ । वैज्ञानिकहरुले आफ्नो प्रयास जारी राखेका छन् । त्यसैले यसबाट बच्न विश्वभर सतर्कता अपनाइएको छ ।

चीनको रणनीतिक कौशल

सुरुमा नोवेल कोरोना भाइरस (कोभिड-१९) को आउटब्रेक इपिसेन्टर वुहान र हुवेइका अन्य शहरमा चीनको केन्द्र सरकारले 'लकडाउन' गर्ने निर्णय गरेको थियो । यसै क्रममा पूरै शहरलाई नै क्वारेन्टाइनमा विकसित गरी 'लकडाउन' घोषणा गरेको थियो । 'लकडाउन' घोषणा गरेको केही घण्टामै वुहान यात्रामा प्रतिबन्ध लाग्यो, सार्वजनिक सवारीसाधन, रेल, विमान सञ्चालनमा आएनन् । वुहान सहरबाट बाहिर जान र सहर भित्रिन प्रतिबन्ध लगायो ।


चीनले जनजीवनलाई अविचलित राखी, आवस्यक सामग्रीको आपूर्ति गर्दै रोगको फैलावट रोक्न अनुशासित रुपमा आफ्नो रणनीतिक कौशल देखायो र महामारीलाई नियन्त्रणमा लियो । देशभर अस्पतालको सञ्जाल बनाएर निःशुल्क रुपमा कोरोना जाँचको व्यवस्था गर्‍यो । स्वास्थ्य सामग्री ओसारपसार गर्न कुरियर सर्भिसले निःशुल्क सेवा दिए, बिरामी भएकालाई तीन महिनाको औषधि घरमा पुर्याउने व्यवस्था मिलायो ।


चीनले जनजीवनलाई अविचलित राखी, आवस्यक सामग्रीको आपूर्ति गर्दै रोगको फैलावट रोक्न अनुशासित रुपमा आफ्नो रणनीतिक कौशल देखायो र महामारीलाई नियन्त्रणमा लियो । देशभर अस्पतालको सञ्जाल बनाएर निःशुल्क रुपमा कोरोना जाँचको व्यवस्था गर्‍यो । स्वास्थ्य सामग्री ओसारपसार गर्न कुरियर सर्भिसले निःशुल्क सेवा दिए, बिरामी भएकालाई तीन महिनाको औषधि घरमा पुर्याउने व्यवस्था मिलायो । अमेरिकालगायत पश्चिमा मुलुकले मानिसको हिँड्डुल गर्ने अधिकार हनन भएको प्रचार समेत गरे ।

एकातिर हिजोसम्म चीनको बदख्वाइँ गर्ने देशहरु आज आएर 'चीनले गरेको ठिक थियो' भन्न बाध्य भए र तिनले आ-आफ्ना देशमा 'लकडाउन'को घोषणा गरे । नेपालले के गर्ने भन्नेबारे चीनको अनुभवबाट पाठ सिकौं। अर्कोतर्फ जनता अनुशासित नहुँदा, उनीहरुले सरकारको निर्देशन नमान्दा र परिस्थितिको मूल्यांकन नगरी रमाइलो दिनचर्यालाई नै प्राथमिकता दिँदा इटालीले ठूलो क्षति बेहोर्नुपरेको छ । के नगर्ने भन्नेबारे इटालीबाट सिकौं । वर्तमान संकटले नाफखोरहरु मानवताविरोधी हुन्छन् भन्ने कुरालाई उदाङ्गो परेको छ । इटालीले सहयोगको लागि भावुक अपिल गर्दा पनि अमेरिका र युरोपियन युनियनले कति सहयोग गरे ? भरखर समस्यामा परेर तंग्रिन लागेको चीन र त्यहाँका स्वास्थ्यकर्मीले आफ्नो ज्यानको बाजी लगाएर इटालीलाई कसरी सहयोग गर्दैछन्, संसार साक्षी छ ।


इटालीलाई सघाउन पुगेका कोरोनाभाइरसविरुद्धको लडाइमा अनुभवी र प्रशिक्षित चिनियाँ चिकित्सकहरुको टोली https://static.boredpanda.com

जनता अनुशासित नहुँदा, उनीहरुले सरकारको निर्देशन नमान्दा र परिस्थितिको मूल्यांकन नगरी रमाइलो दिनचर्यालाई नै प्राथमिकता दिँदा इटालीले ठूलो क्षति बेहोर्नुपरेको छ । के नगर्ने भन्नेबारे इटालीबाट सिकौं । वर्तमान संकटले नाफखोरहरु मानवताविरोधी हुन्छन् भन्ने कुरालाई उदाङ्गो परेको छ । इटालीले सहयोगको लागि भावुक अपिल गर्दा पनि अमेरिका र युरोपियन युनियनले कति सहयोग गरे ? भरखर समस्यामा परेर तंग्रिन लागेको चीन र त्यहाँका स्वास्थ्यकर्मीले आफ्नो ज्यानको बाजी लगाएर इटालीलाई कसरी सहयोग गर्दैछन्, संसार साक्षी छ ।


नेपालमा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेपछि सरकारका तर्फबाट देशभर सतर्कता आव्हान गरेको थियो । चैत्र १० गते काठमाडौंमा एक जनामा कोरोना संक्रमण पुष्टि भएलगत्तै सरकारले चैत ११ गतेदेखि चैत १८ गतेसम्म देशलाई 'लकडाउन' गर्ने निर्णय गरेको छ । 'लकडाउन' एक प्रकारको कर्फ्यु नै हो तर सार्वजनिक हितको लागि । लकडाउनमा सुरक्षाबाहेकका अन्य कारणले मानिसहरुलाई आउ-जाउ गर्न दिइँदैन । सार्वजनिक हितका लागि गरेको 'लकडाउन' हामी सबैले अनुशासित भए मान्नुपर्छ । भूमण्डलीकरणको दबदबा रहेको आजको विश्व समुदायको लागि यो २१औं शताब्दीको नयाँ अनुभव मात्र होइन फरक खालको चेतावनी, जिम्मेवारी र तयारीको पाठसमेत हो ।

अन्य रोगले जस्तै कोरोनाले पनि पिरोल्ने त बेसी गरिबलाई नै हो । त्यसो त गरिबको प्रत्येक पल र पूरा जीवन नै जोखिमयुक्त हुन्छ। हैसियत कमजोर भएका कारण गरिबलाई विदेश जाने मामिलामा पनि पत्याइँदैन । अभावका प्वाल टाल्न भारत वा खाडी मुलुकमा आफ्नो पसिना चुहाउनेको पीडा युरोप र अमेरिका जानेहरुको भन्दा अलि भिन्न खालको हुन्छ । भारत वा खाडी मुलुकमा मनोवैज्ञानिक हिसाबले विक्षिप्त भई त्यहीँ बसेका, बाटोमा बिचल्लीमा परेका वा आफ्नो देशमा फर्किएका हाम्रा दाजुभाइ-दिदी बहिनीले आफू र आफ्नो परिवारलाई जोगाउन महत्वपूर्ण भूमिका खेल्नुपर्छ । यो महाव्याधि कति लामो समय लम्बिन्छ थाहा छैन ।


देशभित्र पनि दैनिक ज्यालादारी गरेर खाने तथा न्यून आय भएका र बचत नभएकाको बेहाल हुनेवाला छ तर त्योभन्दा पहिले हामीले ज्यान जोगाउनुपर्ने छ । भनिन्छ नि 'ज्यान जोगिए लाख उपाय !' हो यतिबेला गर्नुपर्ने त्यही हो । प्रतिरोधी क्षमता हुने र होसियार हुनेलाई कोरोना संक्रमण हुँदैन, कोरोना लाग्नेबित्तिकै मरिँदैन पनि । भीडभाड र मानव सम्पर्कबाट टाढा बसौं । होस गरौं तर नडराउँ ।


देशभित्र पनि दैनिक ज्यालादारी गरेर खाने तथा न्यून आय भएका र बचत नभएकाको बेहाल हुनेवाला छ तर त्योभन्दा पहिले हामीले ज्यान जोगाउनुपर्ने छ । भनिन्छ नि 'ज्यान जोगिए लाख उपाय !' हो यतिबेला गर्नुपर्ने त्यही हो । प्रतिरोधी क्षमता हुने र होसियार हुनेलाई कोरोना संक्रमण हुँदैन, कोरोना लाग्नेबित्तिकै मरिँदैन पनि । भीडभाड र मानव सम्पर्कबाट टाढा बसौं । होस गरौं तर नडराउँ । घरपरिवारसँग सम्पर्कमा आएपछि आफ्नै घरभित्र पनि अनुशासनको पालना गर्नुपर्छ । नत्र स्थिति झन् भयावह हुन्छ । भयावहको स्थिति आउन नदिन निम्न कुरामा ध्यान दिनुपर्छ ।

घरबाट बाहिर ननिस्किने

विश्व स्वास्थ्य संगठन भन्छ– 'मान्छेबीच दूरी बढाउनु नै कोरोना संक्रमण फैलिनबाट रोक्न सकिने एक मात्र अचुक उपाय हो ।' चीनको अनुभवले पनि त्यही देखायो । संक्रमित व्यक्तिसँग सम्पर्क भएको छैन भने कोभिड–१९ ले आक्रमण गर्दैन । हावामा आएर लाग्दैन । त्यसैले त्रसित वा आतंकित हुनुपर्दैन, सतर्कता अपनाउने हो । सुरक्षित ढंगले घरमा बस्दा हुन्छ । जो जहाँ बसेको छ त्यहीँ बस्ने, सार्वजनिक ठाउँमा नजाने । आफू र अरुलाई बचाउने भनेकै घरभित्रै बसेर हो ।

भारतमा कोरोना भाइरसको डरले नेपाल हिँडेका तर बाटोमा लकडाउनको कारणले अलपत्र परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीले पनि केही कुरामा ध्यान दिनु जरुरी छ । तपाईहरु अहिले जहाँ हुनुहुन्छ सोही ठाउँमा कसरी सुरक्षित रूपमा बस्ने भन्ने कुरामा सोचविचार गर्नु जरुरी छ ।

त्यसैगरी जोखिमयुक्त क्षेत्रबाट फर्किएकाहरूले घरमा भेट्न आउने मान्छेसँग ढोगभेट गर्ने, छुनेजस्ता व्यवहार गर्नुहुँदैन, छुट्टै बस्नुपर्छ । परिवारका बाँकी सदस्यसँग पनि दूरी कायम गर्नुपर्छ । कसैलाई भेट्नै पर्दा टाढा टाढा बस्नुपर्छ । सकभर हावा छिर्ने कोठामा एक्लाएक्लै बस्ने, घरभित्र पनि धेरै आवतजावत नगर्ने । जेष्ठ नागरिक, गर्भवती र बालबालिकाको सम्पर्कमा नआउने । गिलास, थाल, तन्ना र रुमालजस्ता घरायसी सामग्री एक अर्काको प्रयोग सकभर नगर्ने ।

'भौतिक दूरी' बढाउने तर 'सामाजिक दूरी' कम गर्ने

यति बेला 'भौतिक दूरी' बढाउने हो तर 'सामाजिक दूरी' कम गर्ने हो । सुख-दुख, विभिन्न घटना-परिघटना, अनुभवको कुरा घरपरिवारका सदस्यलाई सुनाउने, अरुको अनुभव सुन्ने हो । परिवारको कोही सदस्य विदेश वा आफ्नै देशभित्र अन्य ठाउँमा छ भने फोनमा कुराकानी गर्ने, नआत्तिन तर सजग रहन सल्लाह दिने । घरपरिवारका सदस्यसँग सकारात्मक कुरा गर्ने, सद्भाव बढाउने । सकारात्मक सोच र सामाजिक रुपले नजिक हुँदा आपसमा आत्मीयता बढ्छ र तनाव घट्छ । जेष्ठ नागरिकको हेरचाह, आफ्नै स्वास्थ्यको ख्याल गर्ने विषयमा कुनै कमी गर्नुहुन्न ।


यति बेला 'भौतिक दूरी' बढाउने हो तर 'सामाजिक दूरी' कम गर्ने हो । सुख-दुख, विभिन्न घटना-परिघटना, अनुभवको कुरा घरपरिवारका सदस्यलाई सुनाउने, अरुको अनुभव सुन्ने हो । परिवारको कोही सदस्य विदेश वा आफ्नै देशभित्र अन्य ठाउँमा छ भने फोनमा कुराकानी गर्ने, नआत्तिन तर सजग रहन सल्लाह दिने । घरपरिवारका सदस्यसँग सकारात्मक कुरा गर्ने, सद्भाव बढाउने । सकारात्मक सोच र सामाजिक रुपले नजिक हुँदा आपसमा आत्मीयता बढ्छ र तनाव घट्छ । जेष्ठ नागरिकको हेरचाह, आफ्नै स्वास्थ्यको ख्याल गर्ने विषयमा कुनै कमी गर्नुहुन्न ।


संक्रमित व्यक्तिसँग सम्पर्क भएको छैन भने घर-परिवारका सदस्यहरु मिलेर सामूहिक काम पनि गर्न सकिन्छ । जस्तो घरको सरसफाइ, करेसाबारीमा काम गर्ने, सिलाइ-कटाइको काम सिक्ने, खाना-पकाउने वा भान्छाको काममा सहयोग गर्ने, योग गर्न सिक्ने र सिकाउने । त्यसैगरी नयाँ पुस्तक पढ्ने, पढेको कुरा अरुलाई सुनाउने, लेख्ने आदि । यी काम गर्दा आर्थिक बोझ पर्दैन ।

साबुन-पानीले हात धुने

कोरोना भाइरसका साथै अन्य सरुवा रोग फैलिन नदिन साबुन-पानीले हात धुनु अत्यन्तै प्रभावकारी प्रमाणित भएको छ । यस्ता सरुवा रोगबाट आफू तथा अन्यलाई जोगाउन यो नै सबैभन्दा सस्तो र प्रभावकारी उपाय हो । हात धुनु र स्यानिटाईजर लगाउनु दुबै उत्तिकै प्रभावकारी मानिन्छ । घरबाट बाहिर रहेका बेलामा स्यानिटाईजर एक सजिलो विकल्प हुनसक्छ । तर आपतकालीन अवस्थामा यो महँगो हुनुका साथै सजिलै नपाइन पनि सक्छ। कुनै खास किसिमको साबुन जरुरी पर्दैन, नियमित रुपमा प्रयोग गर्ने साबुनले हात धुँदा हुन्छ । साबुन र पानी उपलब्ध छैन भने विकल्पका रुपमा खरानीको प्रयोगले पनि भाइरस मार्न सघाउँछ तथापि यो त्यति प्रभावकारी हुँदैन। 

कोरोना भाइरसको संक्रमण फैलिन नदिन र जोगिन निम्न अवस्थामा हात धुनुपर्दछ : (१) नाक सफा गरेपछि, खोकेपछि वा हाच्छ्युँ गरेपछि, (२) सार्वजनिक यातायात, बजार वा धार्मिक स्थलजस्ता सार्वजनिक स्थानमा गएर फर्केपछि, (३) नगद-पैसालगायत घरबाहिरका अन्य वस्तु छोएपछि, (४) अस्वस्थ व्यक्तिको हेरचाह गर्नुभन्दा पहिले तथा गरिसकेपछि, र (५) खाना खानुभन्दा अघि तथा खाइसकेपछि । घरमा केटा-केटीलाई हातधुने पानी र साबुनको व्यवस्था गरेर उनीहरुलाई हात धुन सघाउनुपर्छ । हात धुन तातो वा चिसो पानी प्रयोग गर्न सकिन्छ । साबुन-पानीले हात धुँदा भाइरस मर्छ । भाइरस सुख्खा छालाभन्दा भिजेको छालामार्फत सजिलोसँग सर्ने हुनाले हातलाई पूर्ण रूपले सुकाउनुपर्छ । सफा कपडाले पुछ्नु नै भाइरस एक सतहबाट अन्यमा फैलिनबाट रोक्ने प्रभावकारी उपाय हो ।


हामीले प्रयोग गर्ने मोबाइलबारे पनि ध्यान दिँदैनौ । कतिपयले खाना खाँदा पनि मोबाइल प्रयोग गरेको पाईन्छ । बेलाबेलामा स्यानिटाईजर वा साबुन-पानीको झोल सुख्खा कपडामा राखी मोबाइलको बाहिरी भागलाई पुछ्नुपर्छ र भाइरस फैलिनबाट रोक्नुपर्छ ।


हामीले प्रयोग गर्ने मोबाइलबारे पनि ध्यान दिँदैनौ । कतिपयले खाना खाँदा पनि मोबाइल प्रयोग गरेको पाईन्छ । बेलाबेलामा स्यानिटाईजर वा साबुन-पानीको झोल सुख्खा कपडामा राखी मोबाइलको बाहिरी भागलाई पुछ्नुपर्छ र भाइरस फैलिनबाट रोक्नुपर्छ ।

खानपिनमा ध्यान दिने

कतिपय मानिसलाई लाग्न सक्छ- राज्यले घरबाहिर नजाऊ भनेको छ, घरभित्र खानपानमा 'रमाइलो' गरेर बस्नुपर्छ । भाइरसले शरीरको प्रतिरक्षा प्रणाली कमजोर बनाउने भएकाले हरेक व्यक्तिले शरीर तन्दुरुस्त र बलियो राख्न ध्यान दिनुपर्छ । हामीले सधैँ खाने खाना : जस्तो दाल, भात, तरकारी, हरियो सागपात र झोल पदार्थ खानुपर्छ । रक्सी खाने र चुरोट पिउने जस्ता व्यवहार अरु बेला पनि गर्नु हुन्न र यस्तो बेला झन् हुन्न । रक्सी पिउँदा भाइरसले आक्रमण गर्दैन बरु रक्सीले भाइरस मर्छ भन्ने अफवाहको पछि लाग्नु हुँदैन । रक्सीले कीटाणु आउन नदिने वा मार्ने हैन बरु रोगसँग लड्ने क्षमता अलिकति भए पनि कमजोर बनाइदिन्छ । दाल, चामल, गेडागुडी, नुन, तेलजस्ता तत्काल अबिग्रिने खानेकुराको जोहो पनि गर्नुपर्छ ।


हामीले सधैँ खाने खाना : जस्तो दाल, भात, तरकारी, हरियो सागपात र झोल पदार्थ खानुपर्छ । रक्सी खाने र चुरोट पिउने जस्ता व्यवहार अरु बेला पनि गर्नु हुन्न र यस्तो बेला झन् हुन्न । रक्सी पिउँदा भाइरसले आक्रमण गर्दैन बरु रक्सीले भाइरस मर्छ भन्ने अफवाहको पछि लाग्नु हुँदैन ।


अनावश्यक बेला अस्पताल जानु उचित हुँदैन

बिरामी पुग्ने ठाउँ अस्पताल भएकाले कोरोना भाइरस पनि अस्पतालमै हुने र अस्पतालबाटै फैलिने सम्भावना बढी हुन्छ । तसर्थ आपतकालीन अवस्थामा बाहेक अहिलेको समयमा अस्पताल जानु उचित हुँदैन । प्रेसर, सुगर, दमजस्ता दिर्घ रोग भएका र हाल औषधि प्रयोग गरिरहेका बिरामीहरु हाल फलोअपमा अस्पतालमा जानुको साटो हाल सेवन गरिरहेको औषधि सेवन गरिरहनु नै उत्तम हुन्छ । दाँत, मुख, गिजा आदिमा सामान्य समस्या भएकाहरु अहिले अस्पताल नजानु नै उचित हुन्छ ।


नेपाल सरकार, रेडियो, टेलिभिजन, स्थानीय रेडियोहरुले दिएका स्वास्थ्यसम्बन्धी सूचना सुन्ने गर्नुपर्छ । स्वास्थ्य समस्या हुँदैमा वा रुघाखोकी लाग्दैमा कोरोनाको संक्रमण भएको नहुन सक्छ । तर अहिलेको अवस्थामा रुघाखोकीमा पनि अलि बढी सावधानी लिनुपर्छ, अलग्गै बस्नु नै राम्रो हुन्छ ।


नेपाल सरकार, रेडियो, टेलिभिजन, स्थानीय रेडियोहरुले दिएका स्वास्थ्यसम्बन्धी सूचना सुन्ने गर्नुपर्छ । स्वास्थ्य समस्या हुँदैमा वा रुघाखोकी लाग्दैमा कोरोनाको संक्रमण भएको नहुन सक्छ । तर अहिलेको अवस्थामा रुघाखोकीमा पनि अलि बढी सावधानी लिनुपर्छ, अलग्गै बस्नु नै राम्रो हुन्छ । खोकी लाग्दा कुइनाले छोप्नुपर्छ, हात धोइहाल्नुपर्छ। कोरोनो संक्रमण रुघाखोकीजस्तै लागे पनि यो सामान्य रुपमा रहँदैन । त्यसपछि क्रमश: उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ । यस्ता लक्षण देखापरेमा तुरन्तै नजिकैको अस्पताल वा स्वास्थ्य जाँच केन्द्रमा सम्पर्क गर्नुपर्छ ।

र अन्तमा

भूमण्डलीकरणको यो युगमा कोरोनाजस्तै थुप्रै समस्या आउने अनुमान गर्न सकिन्छ र विश्व समुदायले यस्ता समस्यासँग लड्नुपर्ने छ, गरिब होस वा धनी, सानो होस् वा ठूलो । यस्ता समस्या हामी सबैका हुनेछन् । तत्कालमा नेपाल सरकारले भारत, खाडी मुलुक वा अन्य देशमा अलपत्र परेका नेपालीलाई सुरक्षित रहने वातावरण बनाइदिन कूटनैतिक रुपमा पहल गर्नुपर्छ ।

सुवेदी समाजशास्त्री हुन्

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.