शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आईपीएल अझै अनिश्चित

मङ्गलबार, ११ चैत २०७६, १८ : २२
मङ्गलबार, ११ चैत २०७६

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को मंगलबार बस्ने भनिएको बैठक कोरोना भाइरसको कारण स्थगित भएपछि बहुचर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको मिति अझै अनिश्चित भएको छ । 

आईपीएलको नयाँ मिति र आयोजना सम्बन्धी छलफल गर्न बीसीसीआईले मंगलबार आईपीएल मालिकहरुसँग छलफलका लागि बैठक बोलाएको थियो । भारतमा कोरोनाको संक्रमण झनै बढ्न थालेपछि बैठक स्थगित गरिएको हो । बीसीसीआईले स्थिति सहज नभएसम्म बैठक बस्न सक्ने अवस्था नरहेको समेत उल्लेख गरेको छ । 

बीसीसीआईले बैठक एकसाता पछि गर्ने र अवस्था सहज भएन भने सोही अनुरुप अवस्थालाई ध्यानदिने पनि जनाएको छ । यसअघि आईपीएल अप्रिल १५ तारिखदेखि हुने तय भएको थियो । 

कोरोनाका कारण आईपीएल रोकिएको हो । आईपीएल रोकिएसँगै कतिपयले खाली स्टेडियममा गरिनु पर्ने माग गर्दै आएका छन् । कतिपयले भने कोरोनाको संक्रमण रोकिएपछि आईपीएलको समय छोट्याएर गरिनु पर्ने धारणा अघि सारेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप