तीन डीआईजी एआईजीमा बढुवा, नयाँ आईजीपीको दौडमा थापा र पाल
काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा तीन जनालाई बढुवा गर्ने निर्णय गरेको छ ।
गृह मन्त्रालयले गरेको सिफारिसअनुसार डीआईजीहरु शैलेश थापा, हरि पाल र तारिणिविक्रम लम्साललाई बढुवा गर्ने निर्णय गरिएको हो । गत फागुन १५ गते गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने संयोजकत्वको समितिले उनीहरुलाई बढुवाको सिफारिस गरेको थियो ।
तर प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपण गरेर लामो समय अस्पतालमा बस्नुपरेपछि सिफारिस अनुमोदन हुन ढिलाइ भएको थियो ।
यसअघि नेपाल प्रहरीको एआइजीमा बढुवाका लागि ६ जना डिआइजीबीच प्रतिस्पर्धा देखिएको थियो । जसमा सूर्य उपाध्याय प्रद्युम्न कार्की र निरजबहादुर शाहीपनि प्रतिस्पर्धामा रहेका थिए ।
लम्साल हालका आइजीपी ठाकुर ज्ञवालीका ब्याची हुन् । डिआइजीहरु कार्की, शाही र उपाध्याय पनि एआइजीको दावेदार भएपनि उनीहरु छुट्न पुगेका थिए।
अबको ४ महिनापछि हाल बढुवा भएका थापा र पालमध्येबाट एक जना आईजीपी बन्नेछन् । एक नम्बरमा बढुवा सिफारिस भएपनि लम्साल भने उमेर हदका कारण आईजीपी बन्न पाउने छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको कपडासहित ट्रयाक्टर र पिकअप प्रहरी नियन्त्रणमा
-
जुम्लाका बगैँचामा स्याउ फुल लाग्याे
-
इलाम २ मा उपनिर्वाचनका दिन यातायात बन्द, अन्य तयारी धमाधम
-
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले ‘सुपर ओभर’ मा हरायो सुदूरपश्चिमलाई
-
छोरी अरूसँग भागेको भन्दै सडक अवरुद्ध, प्रहरीले चलायो ९ राउण्ड अश्रुग्यास