बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ग्यास भित्रिने मुख्य नाका वीरगञ्जमामै ग्यास अभाव

बुधबार, १२ चैत २०७६, ०७ : १४
बुधबार, १२ चैत २०७६

ग्यास भित्रिने मुख्य नाका वीरगञ्जमा खाना पकाउने ग्यासको अभाव देखिएको छ । वीरगञ्जमा मनोज ग्यासको अभाव बढी देखिएको हो । 

वीरगञ्जको पानीट्याङ्कीस्थित डिलरमा उपभोक्ताको लाइन लागेको थियो । सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरे पनि ग्यासको लाइनमा त्योभन्दा बढीको भीड लागेको थियो । दिउँसो २ बजेसम्म लाइनमा बस्दा पनि ग्यास नपाएर उपभोक्ता रित्तै फर्किएका थिए ।

 उद्योगले ग्यासको मागअनुसार आपूर्ति नगरेका कारण अभाव देखिएको ग्यास विक्रेता महासंघ नेपालका उपाध्यक्ष गणेशमान श्रेष्ठले बताए । ग्यास नपाएको र उपभोग्य वस्तुको मूल्य बढी लिएको गुनासो आएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । 

बुधवारदेखि तरकारी, खाद्यान्नलगायत अत्यावश्यक सामानका पसलको अनुगमन गर्ने र कृत्रिम अभाव र कालोबजारी गर्नेलाई कारबाही गर्ने उनले बताए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप