केन्द्रीय संस्करण

गुल्मीमा भारतबाट घर आएका एकको मृत्यु

person explore access_timeचैत १२, २०७६ chat_bubble_outline0

गुल्मी – केहि दिन अघि मात्र भारतबाट घर आएका गुल्मी घमिरका एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका वडा नम्वर–७, साविक घमिर गाविस वेदथलाका ६३ बर्षीय केयरसिंह बिश्वकर्माको भारतबाट घर आएको दशौं दिनमा मृत्यु भएको हो ।

दमको रोगले बिरामी परेर घर आएका उनलाई कोरोेना भाइरसको संक्रमण हुनसक्ने आशंका गरिएको भए पनि उनी लामो सयमदेखि दमले थलिएका र त्यसको कारण उनको मृत्यु भएको वडाध्यक्ष वेदप्रसाद पन्थीले बताए ।

‘उनलाई कोराना भाइरसको संक्रमण नभएको र ज्वरो समेत नआएकाले उनको दमको व्यथाले नै मृत्यु भएको वडाध्यक्ष पन्थीले जानकारी दिएका छन्। उनका अनुसार त्यस वडामा यति बेला भारतबाट २० देखि २५ जनाको संख्यामा वडावासीहरु घर आएका छन् ।

तेश्रो मुलकबाट त्यस वडामा एक जना मात्रै घर आएका छन् । वडाध्यक्ष पन्थीका अनुसार घर आएका मध्ये कसैले पनि सेल्फ क्वारेन्टाईनमा बस्न नमानेको वडाध्यक्ष पन्थीको भनाई छ ।

घमिरको भिरवारीको एउटा टोलामा मात्रै  ५ जना  भारतबाट आएका छन् ।  बाहिरबाट आउनेहरुलाई  राख्ने ब्यवस्था गर्न आइसोलेनका लागि बेडहरु नभएर समस्या आएको मालिका गाउँपालिका प्रबक्ता तथा वडा नम्वर ६ का वडाध्यक्ष शोभाखर गिरिले बताए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...