शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेस्सीले गरे कोरोनाविरुद्ध लड्न अस्पताललाई आर्थिक सहयोग

बुधबार, १२ चैत २०७६, १० : १३
बुधबार, १२ चैत २०७६

कोरोना भाईरसको संक्रमणविरुद्ध लड्न बार्सिलोनाका कप्तान लियोनल मेस्सी र पूर्व प्रशिक्षक पेप ग्वार्डीओलाले आर्थिक सहयोग गरेका छन् । कोरोनाको संक्रमण अहिले स्पेनमा बढेको छ । 

मेस्सी र ग्वार्डीओलाले कोरोना भाईरसबिरुद्वको अभियानमा स्पेनको बार्सिलोना क्षेत्रका लागि जनही एक मिलियन युरो सहयोग गरेका हुन् । मेस्सीले बार्सिलोनाको क्लिनिक तथा सार्वजनीक अस्पतालका लागि सो रकम सहयोग गरेको बताएका छन् । 

ग्वार्डीओलाले मेडिकल सामाग्री खरिदका लागि उक्त रकम सहयोग गरेको बताईएको छ । हाल इङ्लिस प्रिममियर लिग क्लब म्यान्चेस्टर सिटीका प्रशिक्षक ग्वार्डीओला बार्सिलोना स्थित आफ्नै घरमा बसेका छन् । पछिल्लो समय युरोप कोरोनाको संक्रमणबाट बढी प्रभावित बनेको छ । 

कोरोना भाईरसले स्पेनमा ठूलो क्षति पुर्याएको छ । स्पेनमा कोरोनाबाट दुई हजार ६ सय ९६ जनाको मृत्यु भएको छ भने ४० हजार मानिसलाई कोरोनाको संक्रमण देखिएको अन्तर्राष्ट्रि«य सञ्चार माध्यमले जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप