शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनको दोस्रो दिन रौतहट पूर्ण ठप्प, ३ दर्जन मोटरसाइकल नियन्त्रणमा

बुधबार, १२ चैत २०७६, १२ : १८
बुधबार, १२ चैत २०७६

रौतहट :  विश्वब्यापी महमारीको रूपमा फैलिएको  कोरोना भाइरसको सङक्रमण कम गर्ने उदेश्यले सरकारले घोषणा गरेको लकडाउनको दोस्रो दिन रौतहट पूर्णतया ठप्प भएको  छ । 

पहिलो दिन हिजो लकडाउनको प्रभाव आंशिक रुपमा देखिएपछि आज बिहानै देखि सुरक्षाकर्मीले  विशेष सक्रियता देखाएको छ । 

जिल्ला सदरमुकाम गौर, गरुडा, कटहरिया, चन्द्रपुर लगायत सबै बजारमा रहेका पसल,  होटेल लगायत सबै व्यवसाय विहानैदेखि बन्द छ । 

औसधि पसल, ग्यास पसल,  खाद्यान्न पसल भने नियमित रुपमा खुलिरहेको छ । 

जिल्लामा कुनै पनि  सवारी साधन चलेको छैन । मुख्य बाटोदेखि सहायक मार्गमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्तीको गाडी मात्र देखिएको छ । 

लकडाउनलाई पूर्ण प्रभावकारी बनाउन भारतीय सिमाना तथा मुख्य र साना नाकाहरुमा संयुक्त टोली खटिएको रौतहटका सिडिओ बाशुदेव घिमिरेले बताएका छन् ।

लकडाउनको दोस्रोदिन आज बिहानै अटेर गरेर बाटोमा आएका झन्डै ३ दर्जन बाईक नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञान कुमार महतोले बताएका छन् । 

गौर चन्द्रपुर सडकखण्डदेखि सहायक बाटोहरुमा प्रहरीले गस्ती गरिरहेको र अनावश्यक कोही पनि व्यक्ति भेटिए सवारी साधन सहित नियन्त्रणमा लिने काम भैइरहेको रौतहट प्रहरी प्रमुख  एसपी रविराज खड्काले बताए । 

लकडाउनको अवस्थामा कुनै किसिमको कालाबजारी नहोस् भनी प्रहरी सक्रियरुपमा लागिरहेको एसपी खड्काले जनाएका छन् । लकडाउनको उदेश्य पूरा गर्न आवागमन बन्द गर्न जिल्ला भरीका सबै युनिटका जनशक्ति परिचालन गरिएको रौतहटस्थित सशस्त्र प्रहरी ११ नम्बर हेक्वा प्रमुख एसपी रविनराज कर्णजितले बताए । अगामी १८ गतेसम्म घोषणा भएको लकडाउन पुर्ण प्रभावकारी बनाउन जिल्लाको १८ वटै स्थानीय तहमा प्रहरीले माईकिङ गरि घर बाहिर नजान अनुरोध गर्दा आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप