नेपालमा कोरोनाभाइरसको तेस्रो संक्रमित फेला
बुधबार, १२ चैत २०७६, १२ : ३६
१
नेपालमा कोरोनाभाइरसका तेस्रो संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले तेस्रो संक्रमित फेला परेको पुष्टि गरे ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको नमुनामा पोजेटिभ भेटिएको उनले जानकारी दिए । तेस्रो संक्रमितलाई आइसोलेसनमा राखिएको बताइएको छ ।
यसअघि चीन र फ्रान्सबाट फर्किएका विद्यार्थीमा कोरोनभाइरसको संक्रमण देखिएको थियो । चीनबाट आएका संक्रमित निको भएर घर फर्किसकेका छन् भने फ्रान्सबाट फर्किएकी १९ वर्षीया युवतीको अस्पतालमा उपचार भइरहेको छ ।
हालसम्म ६८७ जनाको नमूना परीक्षण गरिएकोमा ६८४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वेस्ट इन्डिजविरुद्धको टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल
-
आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा प्राथमिक स्वास्थ केन्द्रमा तालाबन्दी
-
टेभेज अस्पतालबाट डिस्चार्ज
-
‘स्टक एनालिटिक्स सफ्टवेयर’ : सेयर कारोबारमा नयाँ आयाम
-
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु