शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाको आधाभन्दा बढी जनसंख्यालाई घरमै बस्न आदेश

बुधबार, १२ चैत २०७६, १३ : ०१
बुधबार, १२ चैत २०७६

अमेरिकाको आधाभन्दा बढी जनसंख्यालाई घरमै बस्न आदेश दिइएको छ । कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि राज्यले प्रभावकारी कदम चाल्दै आधाभन्दा बढी जनसंख्यालाई घरमै सीमित गरिदिएको हो ।
अमेरिकी न्यूज च्यानल सीएनएनका अनुसार अमेरिकाका कम्तीमा १५ राज्य, ३० नगरपालिकाले १६६ मिलियनभन्दा ठूलो जनसंख्यालाई घरमै बस्न निर्देशन दिएको हो । अमेरिकाको कुल जनसंख्याको करिब ५१ प्रतिशत नागरिक घरमै सीमित रहनु परेको जनाइएको छ ।

अन्य दुई राज्य र पाँच नगरपालिकाले पनि यसै साताको अन्त्यसम्ममा ‘लक डाउन’ घोषणाको तयारी गरिरहेका छन् । यी राज्य र नगरपालिका पनि ‘लक डाउन’मा गएको अवस्थामा १८० मिलियन अर्थात देशको कुल जसंख्याको ५५ प्रतिशतभन्दा बढी नागरिक घरमै सीमित हुनेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप