शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कविता : हराएको डायरी

बुधबार, १२ चैत २०७६, १४ : ४७
बुधबार, १२ चैत २०७६

–नारायण पौडेल

त्यो डायरी,
जहाँ कोरिएका थिए आशाका अक्षरहरु
सँगै थिए पीडाका बेदना
अनि सपनाका किरणहरु ।

सम्झन्छु म आज त्यो डायरी,
जो मसँग साक्षात भएको भए
बुझ्ने थियो उसले उसको अभाबमा खड्केका यादहरु ।

अन्कन्टार जंगलमा कोरिएका सपनाका कथाहरुको यादमा,
प्रियसीको प्रेमको बहकावमा,संसार जित्ने अभिलाषमा 
योजनाको दस्तावेजको रुपमा साथदिने डायरी आज हरायो कमरेड ।

हराएन यहाँ डायरी मात्रै,
डायरीसँगै हल्काराको सपना हरायो, जीवनै हरायो 
अस्तित्वको लडाईमा हारेको फौजीझैं बनायो 
सम्झनाका कुइनेटाले पलपल तड्पायो 
आवरणभित्रको अनुभूति र अनुभबको अभिब्यक्ति, सुकको पातझैं बनायो ।

पिलोको पिपझैं जमेर रहेका मेरा विचार पोख्ने डायरी आज हरायो
संस्मरण र आक्रोस पोख्ने मेरो वृत हरायो,
मेरो आर्दशको कोट हरायो, खुद्रा चिन्तन हरायो
र अन्तमा मेरो परिचय मबाटै हरायो
किनकी मेरो मायालु डायरी हरायो कमरेड ।।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप