शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्छ यस्ता १५ नियम

बुधबार, १२ चैत २०७६, १६ : ००
बुधबार, १२ चैत २०७६

चीनको ऊहानबाट फैलिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमण विश्वभर महामारीको रुपमा फैलिएको छ ।

 विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल उच्च जोखिम छ । नेपालमा हालसम्म तीन जना संक्रमित भेटिएका छन् ।  संक्रमित तीन जना मध्ये एक जना निको भएर सामान्य अवस्थामा फर्किसकेका छन् भने दुई जना उपचारकै क्रममा छन् ।  

कोरोना भाइरस महामारीको रुपमा फैलिन नदिनका लागि सरकारले मंगलबारदेखि लकडाउन पनि गरेको छ । एक सातासम्म घरमै सेल्फ क्वारेन्टाइनमा बस्न जनतालाई सरकारले आग्रह गरेको छ ।

 कोभिड १९ संक्रमण लक्षण देखिएका व्यक्ति, संक्रिमत राष्ट्र तथा प्रभावित क्षेत्रबाट आएका व्यक्तिमा लक्षण नदेखिए पनि होम क्वारेन्टाइन बस्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

प्रभावित क्षेत्रबाट आएका व्यक्तिहरुमा तत्काल कोरोना भाइरसको लक्षण देखा नपरेपनि विस्तारै देखिन्छ । त्यसैले १४ दिनसम्म घरमा सेल्फ क्वारेन्टाइनमा बस्न स्वास्थ्य मन्त्रालयले आग्रह गर्दै आएको छ ।

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियमहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छ ।

  सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम 

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु  ।

११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु  हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप