शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गजल

बुधबार, १२ चैत २०७६, १६ : १८
बुधबार, १२ चैत २०७६

देख्दै छु, काल नजिक  आउँदै  छ 
ठूलै भड्खाल  नजिक  आउँदै  छ 

दुस्मनहरुले घेरिएको छ   यताउति
फालिएको जाल नजिक आउँदै  छ

को आफ्नो को पराई कसरी  चिन्नु ?
मन्द विषको चाल नजिक आउँदै छ 

जति कुदे पनि  भेटाइहाल्छन तलाई  
सुनामीको  छाल  नजिक आउँदै  छ 

भागेर कहाँ जान्छस् त ,ए !  जिन्दगी 
भासिँदै  पाताल  नजिक  आउँदै  छ ।।

शम्भु पुडासैनी 
 हाल-दक्षिण कोरिया ।।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप