शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाविरुद्धको युद्धमा इरानका प्रेरक र दुःखद् कथा

अमेरिकी नाकाबन्दीले औषधी अभाव, तमासा हेर्दछ बाँकी विश्व
बुधबार, १२ चैत २०७६, १७ : २२
बुधबार, १२ चैत २०७६

सइद जफर मेहदी

एक थकित र बिरामी स्वास्थ्यकर्मी अस्पतालको सानो कक्षमा बसेर निरन्तर बिरामीको चेकजाँच गरिरहेकी छिन् । उनले दाहिने हातले बिरामीका लागि औषधीको प्रेस्किप्सन लेखिरहेकी छिन्, बायाँ हातमार्फत सुई घोचेर उनलाई रगत दिइएको छ । उनी डाक्टर र बिरामी दुबै हुन् र यस्तो अवस्थामा काम छाड्न उनलाई कसैले रोक्दैन, सिवाय उनी आफै ।  

आफ्नो थकित शरीर र गढेका आँखाका बाबजुद सिरिन रोउहानी राडले कोभीड–१९ का बिरामी हेर्दै अस्पतालमा दैनिक १६ घण्टाभन्दा धेरै समय बिताउँछिन् । बिहीबार राति ईरानका अधिकांश जनता शान्त थिए, उनीहरु नयाँ वर्षको तयारीमा थिए । तर, अहिले सामाजिक सञ्जालमा भाइरल बनेकी यी डाक्टरले विध्वंशकारी रोगविरुद्ध आफूलाई शान्त राख्न सकिनन् ।


केही कथा प्रेरणादायी छन् र केही दुखद् । तेहरानस्थित एक नाम चलेको अस्पतालकी एक नर्सले बिरामीको उपचारमा सक्रिय हुनुपर्ने भएकाले आफ्नो विवाह नै स्थगित गरिन् । अर्की एक नर्सले आफ्नी आमाले इरान–इराक युद्धमा कसरी पीडितहरुको उपचार गरेकी थिइन् भनेर संझेकी छिन् । उनी अहिलेको नयाँ युद्धमा आफू पीडितको घाउमा मल्हम लगाउन पाउँदा गर्वित छिन् ।


महामारी फैलिएयताका चार साता ईरानमा दुःख, संघर्ष, क्षति, साहस, धैर्यता र बलिदायीका सयौँ कथा लेखिएका छन् । सडकमा देखिएको सन्नाटा अर्थात् मुर्दा शान्तिको ठीक विपरीत छ, अस्पतालमा देखिने चहलपहल । यस युद्धमा अस्पताल अग्रपंक्तिमा छ र डाक्टर तथा नर्सले साहसका साथ मोर्चा सम्हालिरहेका छन् ।

उत्तरी इरानस्थित गिलानकी २५ वर्षीया नर्स नर्गिस खानालिजादेह यस महामारीमा ज्यान गुमाउने पहिलो इरानी स्वास्थ्यकर्मी हुन् । गिलानमा सुरुवाती समय महामारी फैलदाँ यी युवती मुस्कानसहित संक्रमितहरुको उपचारमा सक्रिय हुन्थिन् ।

क्यास्पियन समून्द्रको किनारमा रहेको गिलान प्रान्तको भूभाग महामारीले सबैभन्दा धेरै प्रभावित भयो, जसकारण स्वास्थ्यकर्मीमाथि उपचारको ठूलो दबाब प-यो । त्यसैले केही दिनभित्रै खानालिजादेह त्यही इन्टेन्सिभ केयर युनिटको बेडमा बस्न बाध्य भइन्, जहाँ उनले अन्य बिरामीको उपचार गर्थिन् । व्यस्त नर्सबाट चिसो बिरामी बन्नुपर्ने यस्ता उदाहरण आजकल इरानमा निकै देखिन्छन् । उनका बाबुले इरानका न्यायालयका प्रमुख इब्राहिम रेइस्सीसँग गरेको कुराकानीको अडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल छ ।  एक पितालाई आफ्नी बहादुर छोरीको लाश काँधमा बोक्दा कति पीडा हुन्छ भनेर उनले रुँदै आफ्नो पीडा सुनाएका छन् । यी बाबु आफ्नी छोरी, उनको शिक्षा, उनको नर्सिङ तयारी र उनका सपनाप्रति गर्व गर्छन्, जो छोटो समयमै दुखान्तमा परिणत भयो ।

केही कथा प्रेरणादायी छन् र केही दुखद् । तेहरानस्थित एक नाम चलेको अस्पतालकी एक नर्सले बिरामीको उपचारमा सक्रिय हुनुपर्ने भएकाले आफ्नो विवाह नै स्थगित गरिन् । अर्की एक नर्सले आफ्नी आमाले इरान–इराक युद्धमा कसरी पीडितहरुको उपचार गरेकी थिइन् भनेर संझेकी छिन् । उनी अहिलेको नयाँ युद्धमा आफू पीडितको घाउमा मल्हम लगाउन पाउँदा गर्वित छिन् ।


सबैभन्दा ठूलो असर ती व्यक्तिमा देखिएको छ जो पूर्व इराकी तानाशाह सद्दाम हुसैनले इरान–इराक युद्धको समय गरेको रशायन आक्रमणबाट बाँचेका थिए । १९८० देखि ८८ सम्म चलेको यस युद्धमा रशायन आक्रमणबाट बाँच्नेको संख्या इरानमा झन्डै १ लाख छ ।


भिडियो बनाएर राम्रो महसुस गर्दैछु भनेको केही घण्टामै एक डाक्टर रोगको शिकार भए । परीक्षणको यस्तो घडीमा प्रेरणा जगाउने कथा पनि थुप्रै छन् । तेहरानबाट १ सय ८० किलोमिटर पूर्वको सिम्नान शहरकी १ सय ३ वर्षीया वृद्ध केही दिन अस्पताल बसेपछि निको भएर घर फर्किइन् । उनले प्लेकार्ड देखाउँदै गरेको एउटा फोटो भाइरल छ, जहाँ लेखिएको छ, ‘धन्य भगवान् मैले कोरोना जितेँ ।’ अबको केही महिनामा यी ‘हजूरआमाकी पनि आमा’ आफ्नो १ सय ४ औं जन्मदिन मनाइरहेकी हुनेछिन् । यसका लागि स्वास्थकर्मीको आरोरात्र कामलाई सलाम गर्नैपर्छ ।

अति चुनौतीपूर्ण अवस्थामा यो युद्ध निकै गाह्रो छ । स्रोत–साधनको अभावका बाबजुद पनि इरानका स्वास्थ्यकर्मीले निरन्तर मेहिनत गरिरहेका छन् । महामारीविरुद्ध लड्न उनीहरुले मेहिनत गरिरहँदा पनि औषधी र उपकरणको अभावले समस्या सिर्जना गरिरहेकोे छ, अमेरिकी प्रतिबन्धका कारण इरानले यी अत्यावश्यक सामाग्री आयात गर्नसक्ने अवस्था छैन । नाकाबन्दीले निम्त्याएको संकटका बेला फैलिएको महामारीसँग जुध्नु सानो युद्ध पक्कै होइन ।

भर्खरै मात्र इरानका विदेशमन्त्री जाभेद जरिफले महामारी नियन्त्रणका लागि अत्यावश्यक सामाग्रीहरुको सुची ट्वीटरमार्फत सार्वजनिक गरेका थिए । यसमा भेन्टिलेटर्स, इलेक्ट्रोसक उपकरण, निवुलाइजर डिभाइस, इनफुसन पम्पस्, सिटी स्क्यान १६ स्लाईस मेसिन, डिजिटल एक्सरे मेसिन परीक्षण किट, मास्क र पञ्जालगायत पर्छन् ।

सामान्य अवस्थामा इरानलाई यी सामाग्री आयात गर्न समस्या हुने थिएन, तर अमेरिकी नाकाबन्दीले अवस्था प्रतिकूल बनाइदिएको छ ।


यी देशहरु अमेरिकाले मानवताविरुद्ध गरेको अपराधमा संलग्न छन् । त्यसैले, संसारले अमेरिकाविरुद्धमात्रै होइन उसका सबै साझेदारविरुद्ध बोल्नुपर्छ । यस समय चुप रहनु भनेको आफु पनि मानवताविरोधी अभियानमा संलग्न वा काम नलाग्ने (पत्रु) हुनु वा दुबै हुनु हो ।


स्वास्थ्य मन्त्रालयका अनुसार हरेक दिन कोभिड–१९ कोरोना भाइरसका ५० नयाँ घटना देखिएका छन् र औसतमा ६ जनाको मृत्यु भइरहेको छ । पछिल्लो एक सातायता मृत्युको संख्याले घण्टी बजाइरहेको छ र स्थिर रुपमा नयाँ घटना पनि बढिरहेकै छन् ।

इरानको इपिसेन्टर अब क्वोमबाट तेहरानमा सिफ्ट भएको छ । राजधानी शहरका अस्पतालमा परीक्षणका लागि जम्मा भएका शंकास्पद व्यक्तिको भीडले यही पुष्टि गर्छ ।

इरानको एलिट रिभोलुसनरी गार्डस्ले पनि अस्पताल सञ्चालनमा ल्याएको छ, मुख्य स्वास्थ्यकेन्द्रलाई मात्रै भार नपरोस् भनेर यसो गरिएको हो । तर यो संकट निकै ठूलो छ ।

सबैभन्दा ठूलो असर ती व्यक्तिमा देखिएको छ जो पूर्व इराकी तानाशाह सद्दाम हुसैनले इरान–इराक युद्धको समय गरेको रशायन आक्रमणबाट बाँचेका थिए । १९८० देखि ८८ सम्म चलेको यस युद्धमा रशायन आक्रमणबाट बाँच्नेको संख्या इरानमा झन्डै १ लाख छ ।

उनीहरुमध्ये धेरैमा दीर्घकालीन स्वास प्रस्वासको समस्या छ, शक्तिशाली ग्यासको सामना गर्नुपरेकाले यस्तो समस्या देखिएको हो र कोभिड–१९ ले उनीहरुलाई अत्यधिक समस्या सिर्जना गर्छ । युद्धमा बाँचेर फोक्सो र हृदयघातसम्बन्धी समस्याबाट झेलिरहेका अधिकांश मानिस मरेको खबर पछिल्लो साता आइरहेको छ । डोनाल्ड ट्रम्प प्रशासनले इरानमाथि लगाएको नाकाबन्दीमा औषधीमा प्रतिबन्ध छैन, तर विदेशी कम्पनीमाथि वासिङटनका इरानविरोधी गिद्धहरुले दबाब सिर्जना गरिरहेका छन् । उनीहरुको चाहना इरानीलाई मृत्युको मुखमा पु¥याउने नै थियो, जसको पुष्टि यसै साता अमेरिकी सरकारले इरानको पेट्रोेकेमिकल उद्योग (ग्यास, प्लास्टिक, रबर, टेक्सटायल उत्पादन गर्ने) मा लगाएको ताजा नाकाबन्दीले ग-यो । महामारीको मध्यमा लगाइएको नाकाबन्दीको अर्थ अरु के हुनसक्छ ?


केही सीमित देश छाडेर अन्तर्राष्ट्रिय समुदायले दमनमा परेको इरानमा महामारी फैलँदा कसरी योगदान गरेका थिए, इतिहासले सम्झनेछ । के थाहा, आज इतिहासको गलत बाटोमा बस्नेहरुले पनि भविष्यमा यस्तै अवस्था सामाना गर्नुपर्ने हुनसक्छ । अमेरिकासँग कहिल्यै स्थायी साथी थिएन, यति कसम त गद्दाफी र सद्दामजस्ताले चिहानबाटै खान सक्छन् । 


विश्वव्यापी महामारीबीच इरानी राष्ट्रपति र विदेशमन्त्रीले भर्खरै विश्वका ठूला नेतालाई पत्र लेख्दै यस महामारीविरुद्ध समन्वय र सहयोगको खोजी गरेका थिए । उनीहरुले एकपक्षीय तथा अवैध अमेरिकी नाकाबन्दीको स्मरण पनि गराएका थिए, तर अझै अन्तर्राष्ट्रिय समुदायले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन । केही मुस्लिम अरब देशको व्यवहार पनि उदाङ्गो भएको छ, जसले असंलग्न परराष्ट्र नीतिविपरीत इरानविरुद्धको अमेरिकी नाकाबन्दीविरुद्ध संयुक्त विज्ञप्ती जारी गर्न अन्यलाई दिएनन् । अमेरिकी नाकाबन्दीले इरानलाई महामारीविरुद्ध लड्न अवरोध गरेकाले नाकाबन्दी खुकुलो बनाउनुनपर्ने माग समावेश संयुक्त वक्तव्यको विपक्षमा साउदी अरेबिया, बहराइन, मोरक्को र यमन उभिए ।

यी देशहरु अमेरिकाले मानवताविरुद्ध गरेको अपराधमा संलग्न छन् । त्यसैले, संसारले अमेरिकाविरुद्धमात्रै होइन उसका सबै साझेदारविरुद्ध बोल्नुपर्छ । यस समय चुप रहनु भनेको आफु पनि मानवताविरोधी अभियानमा संलग्न वा काम नलाग्ने (पत्रु) हुनु वा दुबै हुनु हो ।

कठिन समय सधैँ रहदैंन, तर यसले मानिसको वास्तविक चरित्र उदाङ्गो पार्छ । कठिन समयले साथी र दुश्मन पनि चिनाउँछ ।

केही सीमित देश छाडेर अन्तर्राष्ट्रिय समुदायले दमनमा परेको इरानमा महामारी फैलँदा कसरी योगदान गरेका थिए, इतिहासले सम्झनेछ । के थाहा, आज इतिहासको गलत बाटोमा बस्नेहरुले पनि भविष्यमा यस्तै अवस्था सामाना गर्नुपर्ने हुनसक्छ । अमेरिकासँग कहिल्यै स्थायी साथी थिएन, यति कसम त गद्दाफी र सद्दामजस्ताले चिहानबाटै खान सक्छन् । 

इरानमाथि सन् २०१८ मा अमेरिकी प्रशासनले लगाएको एकपक्षीय नाकाबन्दी र अत्यावश्यक र औषधी सामाग्रीमा समेत खडा गरेको अवरोध गैरकानूनी तथा अमानविय छ, इन्टरनेशनल कोर्ट अफ जस्टिसले पनि यही भनेको छ ।  इरानमा औषधी र उपकरणको अभावमा दैनिक सयौँले ज्यान गुमाएका छन्, त्यसैले यो गैरकानूनीमात्रै होइन मानवताविरुद्धकै अपराध हो । यहाँ, हरेक जीवनको गणना हुन्छ र हरेक मृत्यु अमेरिका तथा उसका सहयोगीद्धारा गरिएको क्रुर हत्या हो । इरानमा महामारी फैलियोस् भनेरै नाकाबन्दी थप कडा गरिएको छ, इरानी स्वास्थ प्रणालीमा समस्या सिर्जना गर्नेगरी ।

युद्धमा बहादुर इरानीलाई हराउन नसकेपछि वासिङटनका गिद्धहरुले तेल–अभीभ र रियादका साथीसँग मिलेर इरानीलाई हराउन गलत बाटो समातेका छन्, उनीहरु यहाँ पनि असफल हुनेछन् । 

इरानका सबै जनता यस कालो चरण पार गरेको हेर्न प्रतिवद्ध छन् र जीवन फेरि सामान्य हुनेछ । तर उनीहरुले संझनेछन् यो दुखद् घडीमा को साथमा थियो र को विरुद्धमा लाग्यो ।

द  तेहरान टाइम्सबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप