केन्द्रीय संस्करण

सम्बन्धविच्छेद गरेको वर्षौंपछि ऋतिकको घरमा पुगिन् पूर्व श्रीमती सुजैन, लकडाउन बन्यो कारण

person explore access_timeचैत १२, २०७६ chat_bubble_outline0

ऋतिक रोशन र सुजैन खान अलग्गिएको निकै धेरै समय बितिसक्यो  । तर यी दुईको दोस्ती अहिले पनि कायम नै छ । ऋतिक र सुजैन दुबैले एक–अर्कालाई समर्थन गरिरहेको देखिन्छ । आफ्ना बच्चाका लागि यी दुई धेरैजसो सँगै पनि देखिन्छन् । यसपटक पनि बच्चाका लागि यी दुई पुनः सँगै देखिएका छन् । यी दुई २१ दिनसम्म लकडाउन हुनेछन् ।

ऋतिक रोशनले पूर्व श्रीमती सुजैनको तारिफ गर्दै एक विशेष पोस्ट सेयर गरेका छन् । साथै सुजैनको एक तस्बिर पनि सेयर गरेका छन् । यसै पोष्टमा उनले सुजैन आफ्ना बच्चाका लागि केही समयका लागि घर फर्किएको जानकारी दिएका छन् ।

ऋतिकले सोशल मिडियामा साझा गरिएको एक पोस्टमा लेखे, ‘यस्तो समयमा आफ्नो बच्चासँग अलग हुनेबारे सोच्नु एक आमा–बुवाका लागि अकल्पनीय हो, जब देश लकडाउनको स्थितीबाट गुज्रिरहेको छ ।’

‘अनिश्चितता, थुप्रै महिनाका लागि सोशल डिस्टेन्सिङ र लकडाउनको रुपमा संसार एक भइरहेको देख्नु साँच्चै नै मन छुने खालको समय हो । ’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

. It is unimaginable for me, as a parent, to think of having to be separated from my children at a time when the country is practicing lockdowns. . It is heartwarming to see the world come together as one in this time of deep uncertainty and possibility of months of social distancing and potential lockdowns for several weeks perhaps . . While the world talks about humanity coming together, I think it represents more than just an idea especially for parents sharing custody of their kids. How to keep their kids close to them without infringing on the right of the other who also has an equal right to be with his/her children. . This is a picture of dear Sussanne (my ex wife) , who has graciously volunteered to temporarily move out of her home so that our children are not disconnected indefinitely from either one of us. . Thank you Sussanne for being so supportive and understanding in our journey of co-parenting. . Our children will tell the story we create for them. . I hope and pray that in order to safeguard the health of ourselves and our loved ones, we all find our way to express love, empathy, courage, strength with an open heart ❤️. . #beopen #bekind #bebrave #responsibility #coexist #empathy #strength #courage #oneworld #humanity #wecanfighththis #loveoverfear

A post shared by Hrithik Roshan (@hrithikroshan) on

‘यो प्यारी सुजैनको एउटा तस्बिर हो जसले आफ्नो घरबाट अस्थायी रुपमा बाहिर आउने निर्णय लिएकी छिन् ताकि हाम्रा दुई बच्चा हामीमध्ये कसैसँग पनि डिस्कनेक्ट महसुस नगरुन् ।’

ऋतिकले थपे, ‘यति सपोर्टिभ र स्थितीलाई बुझ्ने कोसिस गरेकोमा सुजैन तपाईंलाई धन्यवाद । हाम्रा बच्चाले त्यो कहानी बताउनेछन् जुन हामीले उनीहरुका लागि बनाउनेछौं । म आशा गर्छु, हामी आफ्नो र आफ्ना प्रियजनको स्वास्थ्यको रक्षा गर्नका लागि हामी सबैले खुल्ला मनले प्रेम, सहानुभूति, साहस, शक्ति व्यक्त गर्न आफ्नो तरिकाको खोजी गर्नेछौं ।’

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...