शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउन उल्लङ्घन गर्ने १ हजार ६३ सवारी साधन प्रहरीको नियन्त्रणमा

बुधबार, १२ चैत २०७६, १९ : ०२
बुधबार, १२ चैत २०७६

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट महानगरीय ट्राफिक प्रहरी महाशाखाले  लकडाउन उल्लङ्घन गर्ने १ हजार ६३ सवारी साधनलाई नियन्त्रणमा लिएको छ । 

 कोरोना भाइरस (कोभिड १९०) को रोकथामका लागि मंगलबारबाट जारी देशभर लक डाउन जारी छ ।

लकडाउन उल्लङ्घन गरी सञ्चालन गरेका ९२९ वटा दुई पाङ्ग्रे र १३४ वटा साना तथा ठूला  सवारी साधनलाई विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए ।


ती नियन्त्रणमा लिएका सवारी साधनलाई बुधबार दिनभर नियन्त्रण लिई सम्झाई बुझाई छाडिएको ढकालले बताए ।  साथै घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई समेत सम्झाई बुझाई गरी घरतर्फ नै फर्काइएको छ ।

अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप