शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हातमुख त जोड्नै प-यो...

बुधबार, १२ चैत २०७६, १९ : २५
बुधबार, १२ चैत २०७६

काठमाडौँ । कोरोनाभाइरसको संक्रमण नफैलियोस् भनेर नेपाल सरकारले यतिबेला देशभर लकडाउन गरेको छ । लकडाउनका कारण देश नै यतिबेला ठप्प छ । एक्कासी घोषणा गरिएको लकडाउनका कारण धेरैको घरमा खाद्यान्नको अभाव छ । सरकारले दैनिक उपभोग्य सामानको अभाव हुन नदिन पसलहरु खुल्ला राख्न दिने बताए पनि अधिकांश पसलहरु बन्द रहेका छन् । स्पष्ट निर्देशन नहुँदा प्रहरी नै किराना पसलहरु बन्द गराउँदै हिँडेका छन् ।

लकडाउनमा पनि बिगतमा कर्फ्यू लाग्दा वा बन्द हुँदा जस्तै अभ्यास देखिन्छ । साँझको समयमा फाट्टफुट्ट पसल खुल्छन् । पसल खुल्ने बित्तिकै खाद्यान्न जोहो गर्नका लागि मानिसहरुको भीड लाग्ने गर्छ । आखिर लकडाउन भए पनि हातमुख त जोड्नै प-यो ।

लकडाउनको समयमा सरकारले दैनिक उपभोग्य सामानहरु सर्वसाधारणलाई कसरी उपलब्ध गराउने भन्ने विषयमा कार्यविधि नै बनाउनुपर्ने देखिएको छ । किनभने दिनभर लकडाउनमा बसेर साँझ भीडभाड गर्ने हो भने लकडाउन सफल हुन सक्दैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप