मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आलु र प्याजको कालोबजारी गर्ने ३ जना पक्राउ

बुधबार, १२ चैत २०७६, २२ : ५२
बुधबार, १२ चैत २०७६

जनकपुर । नेपाल सरकारद्वारा जारी गरिएको लक डाउनको समयमा जनकपुरमा कालोबजारी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुर स्थित बजार अनुगमनको क्रममा विभिन्न चोकमा संचालनमा रहेका पसलहरुमा छापा मार्दा उपभोक्तालाई बढी मूल्यमा आलु  र प्याबेचेको पाइएपछि उनीहरुलाई प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जनकपुरधाम वडा नम्बर ४ वस्ने प्रदिप अग्रवाल, जनकपुरधाम वडा नम्बर ४ बस्ने अंकित साह र जनकपुरधाम वडा नम्बर ४ वस्ने बिकाश कुमार साह रहेका छन् । उनीहरु जनकपुरका छुट्टाछुट्टै स्थानबाट पक्राउ परेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप