आजको मौसम कस्तो रहला ?
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । बिहीबार मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ ।
यसैगरी, हाल देशको पश्चिमि भू–भागमा आंशिक बदली रहेको छ र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ ।
महाशाखाले बिहीबार दिउँसो देशको पश्चिमि क्षेत्रलगायत मध्य र पूर्वी पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा र आंशिक बदली हुने पूर्वानुमान गरेको छ ।
यसैगरी, पहाडी क्षेत्रका एक/दुई स्थानहरुमा मेघ गर्जन, चट्याङ्गसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
पूर्वानुमानका अनुसार बिहीबार राति देशको पश्चिमि भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलि हुने देखिन्छ।
भने, पश्चिमि भू–भागका थोरै स्थानहरुमा र पूर्वका एक/दुई स्थानहरुमा मेघ गर्जन, चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारी राजालाई काठमाडौँ बाहिर घुमाउने योजना सम्भव भएन : राजदूत ढकाल
-
रुसको कदमले अमेरिका आक्रोशित
-
इरानी र्यापर सालेहीलाई मृत्युदण्डको सजाय सुनाइयो
-
आईपीएलको अवैध प्रसारण: प्रहरीले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका लागि बोलायो
-
अख्तियारद्वारा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
भाइलाई ‘प्लस टु’ पास गराउन प्रिन्सिपलले गरे नक्कली विद्यार्थी खडा