शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको मजाक उडाइरहेको राजकुमार विलियम्सको भिडियो भाइरल

बिहीबार, १३ चैत २०७६, १० : ४४
बिहीबार, १३ चैत २०७६

चीनबाट निस्किएर संसारभरी ताण्डव मच्चाउने कोरोना भाइरसले कसैलाई पनि छोडेको छैन । सर्वसाधारणदेखि, ठूलाबडा र राजा महाराजासम्म यसको खतरा सबैलाई छ । ब्रिटेनको शाही परिवारका उत्तराधिकारी प्रिन्स चार्ल्स पनि कोरोना भाइरसद्वारा संक्रमति भएका छन् । यसैबीच उनका छोरा राजकुमार विलियमको एउटा भिडियो सार्वजनिक भएको छ जसमा उनी कोरोना भाइरसको मजाक उडाइरहेका छन् ।

राजकुमार चार्ल्स कोरोना भाइरसबाट संक्रमित भएपछि सोसल मिडियामा यो भिडियोको पुनः चर्चा हुन थालेको छ । भिडियामो राजकुमार विलियम्स केही व्यक्तिसँग कोरोनाबारे कुरा गर्दै यसको मजाक उडाइरहेका छन् । भिडियोमा राजकुमार विलियम्सले भनिरहेको छन्, ‘...मलाई थाहा छ हरेक व्यक्तिले भनिरहेका छन्....मलाई कोरोना भाइरस छ... म मर्दै छु । तर वास्तवमा तिमीलाई खोकी मात्रै त लागेको छ ।’

उनी थप्छन्, ‘कोरोना भाइरसको विषयमा यो सबै नाटक जस्तो लाग्छ, के तपाईंलाई लाग्दैन, यो मिडियाले बढाईचढाई गरेको कुरा हो ?’ त्यसपछि राजकुमार विलियम्सले ठट्टा पारामा भन्छन्, ‘ड्युक र डचेसले कोरोना बढाइरहेका छन् । माफ गर्नुहोला अर्थात्, हामी यसमाथि निगरानी राखिरहेका छौं ।’ राजकुमार विलियम्सको यो भिडियो ३ मार्च २०२० को डबलिनको हो ।

स्मरण रहोस्, बेलायतको राजदरबारबाट राजकुमार चार्ल्सलाई कोरोना भाइरस भएको पुष्टि गरिएको थियो । त्यसपछि उनकी श्रीमती क्यामिलालाई पनि क्वारेन्टिनमा राखिएको छ जबकी घरको स्यानिटाइजेशन गरिएको छ ।

बेलायती मिडिया अनुसार केही दिन अघि राजकुमार चार्ल्सले मोनेकोका राजकुमार एल्बर्टलाई भेटेका थिए जसमा पछि कोरोना भाइरसको संक्रमण देखियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप