लकडाउनमा पनि भारतबाट धमाधम भित्रिँदै नेपाली
बिहीबार, १३ चैत २०७६, १२ : ०६
कैलाली । कोरोनाको सम्भवित जोखिम न्यूनीकरण गर्न नेपाल–भारत सीमा नाका बन्द गरिएको भएपनि कैलालीमा अवैध रुपमा भारतवाट भित्रिने क्रम जारी छ ।
धनगढी उप–महानगरपालिका वडा नम्वर १स्थित त्रिवेणी घाट भएर भारतबाट नेपाली भित्रिरहेका छन् ।
बुधवार मात्रै त्रिवेणी घाट भएर धनगढी भित्रिएका २४ जनालाई नियन्त्रणमा लिएर प्रहरीले क्वारेन्टाइनमा राखेको छ ।
उद्योग वाणिज्य संघ कैलालीको समन्वयमा उनीहरुलाई संघमै बनाइएको क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
भारतको मध्य प्रदेशको इन्दौरबाट आएका २४ जनालाई क्वारेन्टाइनमा राखिएको उनले जानकारी दिए ।
अन्य चोरीबाटो हुँदै पनि मानिसहरु भित्रिरहेको सूचना आएको भन्दै सरोकारवालाले कडाइ गर्न अनुरोध गरेका छन् ।