लकडाउनमा घरमा बसेका लागि टिभी फिल्मीका ४ फिल्म
काठमाडौं – कोरोनाबाट बच्न घरमा बसेका सर्वसाधारणलाई समय बिताउन सजिलो होस् भनेर फिल्म सम्बन्धी गतिबिधि संचालन गर्दै आएको टिभी ‘टिभी फिल्मी’ले दैनिक ४ नेपाली फिल्म प्रसारण गर्ने भएको छ ।
‘टिभी फिल्मी’ले १३ गते बिहिबार अर्थात आजबाट दैनिक ४ फिल्म प्रसारण गर्न लागेको हो । कोरोना भाइरसको संक्रमणबाट बच्न राज्यले गरेको लकडाउनमा घरमा बसेकाहरुले मनोरञ्जन गर्दै समय पास गर्न सजिलो होस् भनेर दैनिक ४ फरक फरक फिल्म देखाउन लागेको टिभी फिल्मीका स्टेशन मेनेजर बिष्णु सुवेदीले जानकारी दिए ।
सुवेदीका अनुसार बिहान ६ः३०, बिहान १० बजे, दिनको १ः३० र राती ८ बजे फिल्म प्रसारण हुनेछ ।
इन्टरनेटको खपत बढेको समयमा इन्टरनेट स्लो भएकोले फिल्म हेर्न निकै कठन पर्न गएको समयमा टिभीबाट फिल्म हेर्नु सबैका लागि उपयुक्त माध्यम हुने बिश्वास मेनेजर सुवेदीको रहेको छ ।
टिमी फिल्मले कुन कुन फिल्म प्रसारण गर्ने भने जानकारी दिएको छैन । श्याटेलाइट प्रसारणबाट देशभर प्रसारण हुँदै आएको यो टिभीले आफ्नो प्रसारण अहिले एचडी फर्मामेटमा प्रसारण समेत तयारी गरेको छ ।
टिभी फिल्मीले अहिलेलाई सरकारले घोषणा गरेको लकडाउन अवधिभर ४ फिल्म प्रसारण गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान
-
मोडल लक्ष्मण भण्डारीले गरे प्रेमिका गीतासँग विवाह
-
अभिनेताले भने, ‘कबीर सिंह’ गरेर पछुतो छ, निर्देशकले दिए चलचित्रबाट अनुहार नै हटाउने चेतावनी
-
परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी
-
ट्रम्पको मुद्दा चलिरहेको अदालतबाहिर एक व्यक्तिद्वारा आत्मदाहको प्रयास
-
पिसाबमा जलन र पहेँलोपन : कसरी बच्ने ?