शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महामारीविरुद्ध सामूहिक प्रयासको आवश्यकता, तर भ्याक्सिन बनाउने दौडमा ४४ कम्पनी

बिहीबार, १३ चैत २०७६, १३ : ३५
बिहीबार, १३ चैत २०७६

कोभिड–१९ भनिने कोरोना भाइरसको भ्याक्सिन विकास गर्न अहिले ठूलो प्रतिस्पर्धा चलिरहेको छ । कम्तिमा ४४ वटा भ्याक्सिन प्रारम्भिक विकासको चरणमा छन्, यस्तोमा हामीले के अपेक्षा गर्ने ?

के पहिले तयार हुने भ्याक्सिन सबैभन्दा सुरक्षित र प्रभावकारी हुन्छ ? वा धेरै लगानी जसले गर्छ, उसलै पहिले भ्याक्सिन निकाल्छ वा पहिले बजारमा त्यही भ्याक्सिन आउँछ, जसले प्रविधि प्रयोग गर्दा नियमनकारी अवरोध कम सामना गरेको हुन्छ ?

यदि हामी सफलताको अवसर बढाउन चाहन्छौं र कोभिड–१९ महामारी अन्त्य गर्न पर्याप्त डोज चाहन्छौं भने अहिलेजस्तो विभाजित प्रयास पर्याप्त छैन । 

यदि विश्वव्यापी समन्वयका साथ ‘बिग साइन्स’ दृष्टिकोण प्रयोग गरेर भ्याक्सिन विकास गर्नुपर्ने एकजुट प्रयासको खाँचो कहिल्यै परेको छ भने त्यो अहिले हो ।  

सार्वजनिक लगानी र ठूलो संख्यामा वैज्ञानिकहरुको एकत्रित प्रयासबाट विश्वभरका स्रोत साधनलाई साझा लक्ष्यका लागि प्रयोग गर्न सकिन्छ । दोस्रो विश्वयुद्धको समय ‘मनहट्टन परियोजना’ ले  चाडै आणविक हतियार बनाएको थिएन, यसका लागि असंख्य परीक्षण र परिवर्तन भएका थिए र धेरै देशका वैज्ञानिकले मिलेर काम गरेका थिए । ह्युमन जिनोम प्रोजेक्ट र सीइआरएन ( द युरोपियन अर्गनाइजेशन फर न्युक्लियर रिसर्च) ले संसारका धेरै वैज्ञानिकलाई उनीहरुकै घरस्थित ल्याबबाट सामान्य रिसर्च गर्न लगाएको थियो र स्थानीय तथा भर्चुअल टिमवर्कमार्फत काम भएको थियो । 

सार्स– कोभ–२ (कोरोना)को भ्याक्सिन विकासमा यस्तो ठूलो र संयोजनकारी प्रयासले हजारौं मानिसको जीवनमात्रै बचाउनेछैन, विश्वलाई आगामी महामारीका लागि समेत राम्रोसँग तयार हुन सघाउँनेछ । 

यस्तो कामको सुरुवात सहज छैन । भाइरसबारेको डाटा, प्रतिस्पर्धीको अनुसन्धान, सेल लाइन्स र उत्पादनका फाइदाबारे अतिरिक्त सूचना बाँडफाँड गर्नु नै गम्भीर हुनेछ । सुरुवाती चरणमा आफ्नै योजना पछ्याउँदा अन्य धेरैको सामूहिक सहयोग लिन पाइयो भने यसले स्वस्थ्य प्रतिस्पर्धा विकास गर्नेछ, वैज्ञानिक प्रयासका लागि पनि यो जरुरी छ । 

त्यसपछि हामीले कुन प्रतिस्पर्धीले बनाएको भ्याक्सिन सही हुनसक्छ भनेर वैज्ञानिक मान्यताका आधारमा निर्णय लिनसक्छौं ।

यसका लागि अहिल्यै धेरै सरकारी एजेन्सी, महामारीबारे तयारी अनुसन्धानलगायत स्वतन्त्र संस्था, फर्मासाइटुकल र बायोटेक कम्पनीले सहयोग गरिरहेका अनुसन्धान तथा अन्य संभावित भ्याक्सिन निर्माता उम्मेदवारलाई समेत संयोजन गरेर अघि बढ्न सकिन्छ, जसकारण कोही छुट्न नपाउन् । 

त्यसपछि बल्ल हामीले ती उम्मेदवारको संख्या झार्ने काम सुरु गर्नसक्छौं, चरणवद्ध रुपमा विभिन्न क्लिनिकल ट्रायलमार्फत । यो सर्टलिस्ट (सूची) कुन उम्मेदवारले भ्याक्सिन विकास, स्वीकृत र उत्पादन प्रभावकारी ढंगले गर्न सक्छन् भन्ने आधारमा तयार गरिएको हुनुपर्छ । 

परीक्षणलाई शृंखलावद्ध होइन, ‘एडप्टिभ ट्रायल डिजाइन’ प्रयोग गरेर समानान्तर रुपमा गर्दै जानुपर्छ । विभिन्न जनसंख्यामा यसको परीक्षण हुनुपर्छ– धनी र विकासिल देशमा, बच्चादेखि वृद्धसम्म, सबैको सुरक्षा गर्न सक्नेगरी । 

भाइरस तिव्र रुपमा फैलिएको छ, त्यसैले हामीले चाडैं जवाफ फिल्ने समुदायमा परीक्षण गर्नुपर्ने आवश्यकता छ । यसको अर्थ कुनै निश्चित स्थान निर्धारण गरेर परीक्षण गर्नुपर्छ भन्ने छैन, विश्वको जुनसुकै कुनामा गर्न सकिन्छ । सुरुवातमै नियममा बसेर काम गर्दा ठूलो ‘अप्रुभल’ आउने सम्भावना रहन्छ र एकपटक स्वीकृति पाइसकेपछि,  संयोजनकारी प्रयासबाट आवश्यकता परेका सबैलाई पर्याप्त पुग्ने भ्याक्सिन उपलब्ध छ कि छैन भनेर निश्चित गर्न सकिन्छ । 

यो सबैका लागि ठूलो लगानी चाहिन्छ, ‘बिग साइन्स’ को ठूलो माग नै यही हो । अन्तिम चरणतिरका क्लिनिकल ट्रायलस सस्तो हुँदैनन्, न त भ्याक्सिनको उत्पादन नै हुन्छ । नयाँ मोडुलर उत्पादन विधिले प्रक्रियालाई गति दिन र खर्च कटौती गर्नसक्छ, तर पनि एउटा भ्याक्सिनको क्षमता तयार गर्र्ने पूर्वाधारकै लागि  झन्डै आधा बिलियन डलर खर्च हुनसक्छ ।  

वितरणमा पनि उत्तिकै खर्च हुन्छ । त्यसैले पर्याप्त भ्याक्सिनको उत्पादन सुनिश्चित गर्न र ठूलो स्केलको क्षमतामा बिस्तार गर्न उत्पादकहरुलाई जोड्न जरुरी छ । वितरणका सवालमा विश्वव्यापी रुपमा भ्याक्सिन वितरण गर्ने गाबीजस्ता अनुभवी संस्था तयार हुनुपर्छ । विश्व स्वास्थ्य संगठनजस्ता संस्थाको प्रायोजन र अन्तर्गतमा रहेर काम गर्नेगरी उच्च स्तरका वैज्ञानिकहरुको टोलीले संयोजनकारी प्रयास गर्नु सिद्धान्तत सबैभन्दा उत्तम हुन्छ ।

यस्तो सम्भव हुनका लागि जी७ र जी २० राष्ट्रका नेताबाट विश्वव्यापी प्रतिवद्धता आउनुपर्छ, उनीहरुको राजनीतिक इच्छाशक्ती र विश्व स्वास्थ संगठन र वल्र्ड बैंकजस्ता बहुराष्ट्रिय संगठनको सहयोग हुनुपर्छ । ठूलो स्केलको महामारीले हजारौं जनधनको क्षति गरिरहेका बेला यस्तो सहकार्य अतिआवश्यक छ ।

परिमाण र वैज्ञानिक संलग्नताका आधारमा मात्रै होइन धेरै अर्थमा कोभीड–१९ ‘मनहाट्टन प्रोजेक्ट’ जस्तै हो किनकी यो विश्वव्यापी सुरक्षाको सवाल हो । सार्स–कोभ–२ भ्याक्सिन बनाउने यो दौड सबैले जित्नैपर्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप