शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारको निर्देशन पालना गर्न माधव नेपालको अपिल

बिहीबार, १३ चैत २०७६, १४ : २९
बिहीबार, १३ चैत २०७६

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस नियन्त्रण एवम् रोकथामका लागि सरकारको निर्देशन पालना गर्न अपिल गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेतासमेत रहेका नेपालले कोरोनाको प्रकोप नियन्त्रणका लागि आत्मसंयम हुन र सचेतना अपाउन सबैमा आज अपिल गरेका हुन् ।

‘कोभिड–१९ को प्रकोप नियन्त्रणका लागि आत्मसंयम हुन र सचेतना अपनाउन सबैमा अपिल गर्दछु’, नेपालले भनेका छन्, ‘सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिन केही दिन घरभित्र बस्न र नियन्त्रणका लागि सरकार तथा विश्व स्वास्थ्य सङ्गठनको निर्णय एवं निर्देशनलाई पालना गर्न आह्वान गर्दछु ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप