बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कीटनाशक औषधि छर्किने कामलाई तीव्रता दिँदै काठमाडौं महानगर

बिहीबार, १३ चैत २०७६, १५ : ३०
बिहीबार, १३ चैत २०७६

काठमाडौं । काठमाडौँ महानगरपालिकाले विश्वभर फैलिएको कोभिड–१९ लाई थप फैलन नदिनका लागि सार्वजनिकस्थलमा कीटनाशक औषधि छर्किने कामलाई तीव्र बनाएको छ ।  यस क्रममा आज बिहान स्थानीय बबरमहल, बानेश्वर, तीनकुने, सिनामङ्गलm जमल, लाजिम्पाट,  पानीपोखरी हुँदै महाराजगञ्ज र  वसन्तपुर आसपास र  भित्री क्षेत्रमा केन्द्रित गरी उक्त औषधि छर्किएको थियो ।  

कामपाका प्रमुख विद्यासुन्दर शाक्यका अनुसार बाक्लो बस्ती भएका क्षेत्र, अत्यावश्यक सामग्री लिन चहलपहल धेरै हुने र अस्पताल क्षेत्रलाई प्राथमिकतामा राखेर सकेसम्म छर्कने कामलाई शहरभरि पु¥याउने रणनीतिका आधारमा काम भइरहेको बताए । सरकारले लकडाउन गरेको दोस्रो दिनदेखि कामपाले उक्त कार्य शुरु गरेको हो ।

कामपा, नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाका अनुसार अहिले पनि उक्त कार्यलाई निरन्तरता दिइएको छ ।  मानिसको भीडभाड बढी हुने स्थान  वीर अस्पताल, भित्री शहरका असन, इन्द्रचोकसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, कालीमाटी तरकारी बजारलगायत स्थानमा पहिलो दिन (कीटनाशक) औषधी छर्कने कामको शुरुआत भएको थियो । 

कामपाले पहिलो चरणमा चार हजार लिटर क्षमताका तीन  ट्याङ्करमार्फत कीटनाशक औषधि छर्किन शुरु गरेको र आवश्यकतानुसार थप गर्न सकिने सापकोटाले बताए ।  प्रमुख शाक्यले नागरिकलाई समस्या आए तत्काल जनप्रतिनिधिलाई खबर गर्न आग्रह गर्दै जुनसुकै समय पनि जनप्रतिनिधिलाई सम्पर्क गर्न सकिने बताए ।  यससँगै कामपाले ब्रुमरबाट सडक सफा गर्ने काम पनि निरन्तर रुपमा गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप