शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दैनिक उपभोग्यवस्तुको आपूर्ति सहज बनाउन गृह मन्त्रालयको निर्देशन

बिहीबार, १३ चैत २०७६, १६ : ४६
बिहीबार, १३ चैत २०७६

काठमाडौं । गृह मन्त्रालयले आम नागरिकलाई आवश्यक पर्ने दैनिक उपभोग्य खाद्यवस्तुहरुको आपूर्ति सहज बनाउन विक्रेताहरुलाई निर्देशन दिएको छ । बिहीबार गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले सो आग्रह गरेको हो । बैठकले काठमाडौं उपत्यकाका स्टोर एवम् विक्रेताहरले आ–आफ्ना डेलीभरी भ्यानमार्फत आवश्यक दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

 बैठकले सम्बन्धित जिल्ला प्रशासनहरुलाई डेलभरी भ्यानलाई सवारी पासको व्यवस्था मिलाउन समेत आग्रह गरेको छ । त्यस्तै पसलहरु सञ्चालन, माग संकलन र वितरण गर्ने कार्यमा आवश्यक पर्ने सुरक्षा महानगरीय प्रहरी कार्यालयले मिलाउने समेत बैठकले निर्णय गरेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप