बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

क्वारेन्टाइनमा बस्ने खर्च कृष्णनगर नगरपालिकाले व्यहोर्ने

बिहीबार, १३ चैत २०७६, १७ : ०७
बिहीबार, १३ चैत २०७६

बुटवल । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणमा स्थानीय तहले उल्लेख्य सक्रियता देखाएका छन् । 

बिभिन्न ठाउँमा हेल्थ डेस्क स्थापना गरेका स्थानीय तहहरु पछिल्ला दिनहरुमा क्वारेन्टाइन बनाउने काममा लागेका छन् । यस्तैमा कपिलवस्तुको कृष्णनगर नगरपालिका पनि सक्रिय बनेको छ । नगरपालिकाले क्वारेन्टाइनमा बस्ने सम्पूर्णको खर्च व्यहोर्ने भएको छ ।

 भारतसँग सीमा जोडिएको मुख्य नाका कृष्णनगरमा अन्य नाका भन्दा बढी नेपालीको चाप हुने गर्छ । कृष्णनगर नगरपालिकाका नगरप्रमुख लगायत वडा अध्यक्ष र नगरपालिकाको स्वास्थ्य शाखाले उक्त निणर्य गरेको हो । 

भारतबाट आउने नेपालीलाई प्रहरीको सहयोगमा कृष्णनगर नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा ल्याइन्छ र स्वास्थ्य परीक्षण गरिन्छ ।

आवश्यकता अनुसार क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिन्छ ।  क्वारेन्टाइनमा बस्नेको खाना, नास्ता, दैनिक सरसफाई लगायत अन्य लाग्ने सम्पूर्ण खर्च कृष्णनगर नगरपालिकाले दिँदै आएको छ । भाडा र सकेसम्म नजिक भए घरसम्म समेत पुर्याउने व्यवस्थापन मिलाइएको नगर प्रमुख रजत प्रताप शाहले बताए ।

कृष्णनगर नगरपालिका वडा नं २ र ३ मा रहेको महेन्द्र मा वि मा ३० बेडको क्वारेन्टाइन तयार भैसकेको छ भने थप २० बेडको क्वारेन्टाइन तयार गरिँदै छ । वडा नं ८ र ९ को लागि जुमिला आधारभूत विद्यालय मा ८ बेड को क्वारेन्टाइन र बाँकी वडामा समेत ४–४ बेड का दरले क्वारेन्टाइन निर्माण भैसकेको नगरपालिकाले जानकारी दिएको छ ।

साथै क्वारेन्टाइनको सुरक्षाका सुरक्षाकर्मी समेत खटाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप