शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्रालयको आग्रह : यत्रतत्र नघुम्नुस, सेल्फ क्वारेन्टाइनमा बसिदिनुस्, आफूसहित परिवार र समाजलाई बचाउनुस्

बिहीबार, १३ चैत २०७६, १७ : ३३
बिहीबार, १३ चैत २०७६

काठमाडौ । सरकारले कोरोना भाइरस फैलिन नदिन सवैलाई होम क्वारेन्टाइनमा बसिदिन आग्रह गरेको छ । स्वाथ्य मन्त्रालयले आज पत्रकार सम्मेलन गरी होम क्वारेन्टाइनका लागि गाइडलाइन बनाएको समेत जनाएको छ । जसमा कोरना संक्रमित राष्ट्रबाट आएको व्यक्तिलाई यत्रतत्र नघुम्न आग्रह गर्दै मन्त्रालयले होम क्वरेन्टाइनमा बस्न आग्रह गरेको हो । 

उनीहरुलाई कसरी होम क्वारेन्टाइनमा बस्ने ब्यवस्था मिलाउने भन्ने प्रश्न चुनौतीपूर्ण रहेको भन्दै ती विषयमा मन्त्रालयले प्रस्ट गाइडलाइन बनाएको समेत जनाएको छ । त्यसका लागि सवै स्थानीय तहहरुले विदेशबाट आएकाहरुलाई अनिवार्य रुपमा आफ्नो क्षेत्रमा राख्ने र त्यसरी बसेका व्यक्तिहरुमा ज्वरो, खोकी रुघा अथवा कोरोनाको सिमटर्म देखिएको छ भने बेग्लै आइसोलेसनमा राख्नुपर्ने छ ।

 यदि त्यस्तो सिमटर्म देखिँदादेखिँदै स्वास प्रस्वासमा समस्या छ र अरु सिमटर्मबाट माथिल्लो स्टेजमा पुगेको भए उसलाई तुरुन्तै परीक्षणका लागि स्वास्थ्य केन्द्र वा नजिकैको परीक्षण केनद्रमा पठाउन आग्रह गरेको छ ।
 त्यसका लागि वडाप्रमुख वा स्थानीयतहप्रमुखले दैनिक भिजिट गर्नुपर्नेछ । । दैनिक ४ बजेभित्रमा रजिष्टर गर्नुपर्ने छ भने जसमा को व्यक्ति बाहिरबाट आएको छ र कोकोसँग घुलमिलगरेको छ, कतिजना त्यस्ता व्यक्ति छन् भनेर लिस्टिग गर्नुपर्ने छ।   त्यसका जानकारी गृहमन्त्रालयमा गराउनुपर्ने पनि मन्त्रालयले जनाएको छ । त्यो रिपोर्ट अध्ययन पछि गृहको एचओसीले त्यस स्थानमा कति डाक्टर आवाश्यक पर्छ र के गर्नुपर्छ भनेर विश्लेषण गर्ने स्वास्थ्य मन्त्रालयको सचिव यादव प्रसाद कोइरालाले पत्रकार सम्मेलनमा जानकारी दिए । 

जो व्यक्तिहरु बाहिरबाट आएका छन् उनीहरुमा ज्वरो आउने वित्तिकै कोरोना नै हो भनेर नअत्तालिन पनि मन्त्रालयले सुझाव दिएको छ । यदि त्यस्ता व्यक्ति ४ दिनसम्म आइसोलेसनमा बस्ने र त्यसपछि ज्वरो नघटे नजिकको स्वास्थ्य चौकीमा गएर सल्लाह लिन सुझाव मन्त्रालयले दिएको छ । 

ज्वरो रुघाखोकी र लागेको मानिसलाई डाक्टरहरुले नजााचेको भन्ने धेरै गुनासो आएको भन्दै मन्त्रालयले पीपीई गाइडलाइन बनाएको र त्यो आजैबाट कार्यान्वयनमा जाने जनाएको छ । मन्त्रालयले साधारण रुघा र खोकी लागेको छ भने मास्क लगाउने, हातमा ग्लोव लगाउने तथा आँखामा चस्मा र क्याप लगाउन सुझाव पनि दिएको छ । 

त्यति गर्दागर्दै पनि कोरोना संक्रमणको आशंका भए उसलाई छुट्टै अस्पतालमा बसेर उपचार गर्ने व्यवस्था मिलाएको मन्त्रालयले जनाएको छ । त्यस्तै मन्त्रालयले देशभर हव अस्पताल भनेर २५ वटा तोकिएको पनि जनाएको छ । ति हव अस्पतालमा फिवर क्लिनिक सञ्चालन गर्न १० लाखका दरले बजेट उपलव्ध गराएको पनि जनाएको छ ।  त्यो हव अस्पतालबाट जाँचेर कोरोना हो भनेर शंकास्पद भएपछि मात्रै स्वाव लगायत अरु परीक्षण गरेर आइसोलेसनमा लगेर उपचार गरिने कोइरालाले बताए । 

मन्त्रालयले बिहीबार सम्म ७०० भन्दा बढीको परीक्षण गरेको र त्यसमा तीनवटा बाहेक अरुमा नेगेटिभ परिणाम आएको जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप