शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिंगापुरमा नयाँ कोरोनाभाइरस संक्रमितको संख्या अहिलेसम्मकै उच्च

बिहीबार, १३ चैत २०७६, १९ : ०२
बिहीबार, १३ चैत २०७६

सिंगापुरमा बुधबार थप ७३ जना नयाँ कोरोनाभाइरस संक्रमितहरु फेला परेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । सिंगापुरमा एकै दिन यति धेरै संख्यामा कोरोनभाइरस संक्रमित फेला परेको यो पहिलो पटक हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ७३ मध्ये ३८ संक्रमित देशबाहिरबाट आएका थिए । उनीहरु युरोप, उत्तर अमेरिका र दक्षिणपूर्वी एसियाबाट आएको बतायउको छ । थप २७ जना पूराना संक्रमितहरुसँग जोडिएका छन् ।

स्वास्थ्य मन्त्रायलका अनुसार ८ जना संक्रमित नयाँ रहेको र उनीहरुको सम्पर्कमा आएकाहरुको पहिचान गर्ने कार्य सुरु गरिएको जनाएको छ ।

मार्च २५ सम्म देशमा ६३१ जना संक्रमित फेला परेका थिए भने १६० जना निको भएर फर्किएका थिए । ४०४ जना बिरामी अझै अस्पतालमा रहेका छन् जसमध्ये १७ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । २ जना बिरामीको हालसम्म मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा रुस, न्युजिल्याण्ड र जापानमा संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप