बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संकटको व्यवस्थापन : राज्यमा दुरदर्शीताको खाँचो

बिहीबार, १३ चैत २०७६, १९ : ५२
बिहीबार, १३ चैत २०७६

आज संसारको अधिकांश भूभागहरु गम्भीर मानवीय समस्याको दलदलमा भासिएका छन् । नेपाल पनि यस्तो परिस्थितिबाट अलग्गिन नसक्ने यथार्थता छ ।  

नेपालसँग संरचनागत चुनौतिहरु, राज्यमा सबै तहमा संकटलाई सम्बोधन गर्ने एकरुपता, मानब स्रोतको पूर्णता राजनीतिक गतिशीलता तथा दूरदर्शीताका पहाडहरुले संकटमाथि संकट थप्दै गएको देखिन्छ । 

यस्तो अवस्थालाई सही पहिचान, सही प्राथमिकता, आम नागरिकहरुलाई जिम्मेवारबोधका साथै प्रभावकारी परिचालन गर्न नसके देश पुनः गम्भीर अवस्थामा गुज्रन सक्ने तितो सत्य यथार्थता छ। 

 देशभित्र रहेका आर्थिक चुनौति अनि यसकाट पर्ने नकारात्मक प्रभावले सामाजिक सुरक्षा, सामाजिक न्याय जस्ता गम्भीर विषयले त लोकतान्त्रिक उपलब्धि गुम्ने अर्को तितो सत्य हो । बनाउने वा बिगार्ने उपलब्धिलाई बचाउने वा भत्काउने, समेट्ने वा दपेट्ने जस्ता कार्यहरुमा वर्तमान सरकार पुनः गम्भीर हुन पर्दछ ।

अधिकांश नेपाली जनता दैनिक ज्यलादारीबाट जीवन गुजार्दै आएको अवस्थामा जनस्वास्थीय सेवकहरुका बीच आत्मविश्वास कसरी अविवृद्घि गने, पारदर्शीतालाइ कसरी आत्मासाथ गर्ने, स्थानीय सरकारलाई कसरी पहिलो प्रतिक्रियाकर्ता भइ संकटको सम्बोधन गर्ने चुनौति देशभित्र देखा परेका छन् । 

यसका अतिरिक्त वर्तमान कोरोना भाइरसको पूर्ण प्राविधिक ज्ञान, स्वस्थ्य केन्द्रहरु, दक्ष जनशक्ति आवश्यक प्राविधिक सामग्री विना संकटको सम्बोधन गर्न गएमा प्रत्येक संकटहरुले अर्को थप संकट निम्त्याउने आत्मवोधको ज्ञानको आवश्यकता हाम्रो लागि अर्को यथार्थता हो ।

वर्तमान अवस्थामा सबैभन्दा चुनौति संकट व्यवस्थापकहरुको पूर्ण स्वास्थ्य सुरक्षाहरुको प्रत्याभूति राज्यले गर्नुपर्ने अर्को संवेदनशीलता राज्यमाथि थपिएको छ । यस्तो विषम परिस्थितिमा राज्यको निर्णय प्रक्रिया, परिस्थितिको यथार्थ चित्रण, पारदर्शीता तथा जवाफदेहीताको अर्को चुनौतिले सम्पूर्ण राज्य शक्तिलाई थप जटिलता थपिएको छ ।

 देशमा रहेका आमसमूदायमा अनिवार्य स्वास्थ्य परीक्षण गर्न दक्ष जनशक्तिहरुको अभाव रहेको चुनौति एकातिर छ भने अर्कोतिर युवा तथा शिक्षित समूदायहरुलाई परिचालन गर्न नसकेको यथार्थता देखिन्छ । उदाहरणको लागि दक्षिण कोरिया र छिमेकी राष्ट्र चीनलाई लिन सकिन्छ ।

 गत डिसेम्बर २०१९ मा कोरोना भाइरसले पीडित बिरामी अस्पताल आएपछि चीनका चीकित्सकबीच एक किसिमको अन्योलता छाएको थियो । यो कस्तो खालको रोग हो भन्ने बारे स्वास्थ्यकर्मीहरु चिन्तित थिए ।
 किनभने उक्त विरामीहरुमा क्ब्च्क्,ःभ्च्क् अथवा अन्य महामारीको पनि स्पष्ट संकेत देखा परेको थिएन । तर, चीनको गम्भीर अनुसन्धानबाट छिट्टै कोभिड–१९ हो र यो रोग मानिसबाट मानिसलाई सर्ने कुरा प्रमाणित भैसकेको नभएतापनि पारदर्शीता र गम्भीरताका कारण चीनले तुरुन्तै विश्व स्वास्थ्य संगठनलाई यसको जानकारी गराएको थियो । यसै कारण चीनले विशाल जनसंख्याको बिच यस भाइरसको रोकथामको लागि आवश्यक निति नियमहरुको पालना कडाइको साथ कार्यन्वयन गरिएको देखिन्छ ।

नेपाल, सिंगापूु, हङकङ, साउथ कोरियाले अविलम्बन गरेको हेर्दा नेपाल लगायत अन्य केही देशहरुले तत्काल रुपमा यसबाट पाठ सिक्ने र उचित व्यवस्थापन गरेको देखिदैन । नेपालमा राज्य पक्षबाट यस रोगको जानकारी, खतराको चर्चा भयो । तर यसको सम्बोधन वैज्ञानिक तरिकाबाट गर्न नसकेको आत्मालोचना गर्नै पर्दछ ।

उदाहरणको लागि दक्षिण कोरीयाका राष्ट्रपति मुनजाइ इनको कुशलतालाई चर्चा गर्न सकिन्छ । यही मार्च महिनामा इटालीमा जतिखेर करिब १५०० को संख्यामा बिरामी र करिब ३० जनाको मृत्यु भएको तथ्याङ्कले देखाउदछ । तर लगत्तै यही सातामा इटालीमा ७००० भन्दा माथिको मृत्यु भैसकेको छ भने दक्षिण कोरियामा करिब १२० भन्दामाथि मात्र देखिन्छ । यसरी हेर्दा राज्यमा दुरदर्शीता, अन्तर्राष्ट्रिय अनुभव र नेपालको आफ्नोपनालाई मध्यनजर राखी अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो ।

प्रकोपहरुको नियन्त्रण गर्ने क्षमताको अध्ययन गर्दा विकासोन्मुख देशमा संकटसन्नटा माथि देखिन्छ तर संकटलाई सम्बोधन गर्ने क्षमता न्यून देखिन्छ ।

नेपालले पनि देशव्यापी रुपमा क्वारेन्टाइन र कोरोना परीक्षणमाथि जोड दिने, प्रत्येक सङ्क्रमितको विस्तृत अभिलेख राख्ने, राष्ट्रिय सहयोगलाई परिचालन गर्नको साथै सिंगो राष्ट्र एउटै पानामा उभिई दृढ संकल्पका साथ अघि बढ्ने आजको आवश्यकता हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. राम थपलिया
डा. राम थपलिया

डा थपिलया संकट विशेषज्ञ हुन् ।

लेखकबाट थप