शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सेती प्रादेशिक अस्पतालमा कोरोना परीक्षण गर्ने ल्याव स्थापनाको तयारी

बिहीबार, १३ चैत २०७६, २० : २५
बिहीबार, १३ चैत २०७६

कैलाली । सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस परीक्षण गर्ने ल्याव स्थापना हुने भएको छ । 

आउँदो मंगलवार सम्ममा परीक्षणका लागि अस्पतालमा ल्याव स्थापना हुने भएको हो । 

सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले आउदो मंगलवार सम्ममा संघीय सरकारले नमुना परीक्षणका लागि ल्याव स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिए । 

उनले ल्याव स्थापनापछि विरामीको नमुना संकलन गरी काठमाडौ पठाउनु पर्ने झंझटको अन्त्य हुने वताए ।

 संघीय सरकारले सातवटै प्रदेशमा कोरोना भाइरस हो होइन भन्ने छुट्याउने ल्याव स्थापना गर्ने नीति अनुसार सुदूरपश्चिमको अस्पतालमा पनि ल्याव राख्न थालियको मन्त्री सुवेदीले वताए ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप