बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

इटालीमा ज्यान गुमाउने स्वास्थ्यकर्मीको सङ्ख्या ३७ पुग्यो, बोस्टनमा एक सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित

बिहीबार, १३ चैत २०७६, २० : ४६
बिहीबार, १३ चैत २०७६

बोस्टन । अमेरिकाको मासाचुसेटस राज्यको बोस्टनमा एक सयभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोनाभाइरसको संक्रमण देखा परेको छ ।

अमेरिकी न्यूज च्यानल ‘सीएनएन’ का अनुसार बोस्टन मेडिकल सेन्टरले आफ्ना १५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण परीक्षण नतिजा ‘पोजेटिभ’ पाइएको जनाएको छ ।

यस्तै, ‘ब्रिघम एण्ड वोमन्स’ हस्पिटलका ४५ स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पाइएको सीएनएनले जनाएको छ ।

मासाचुसेटस जेनरल हस्पिटलमा कार्यरत ४१ स्वास्थ्यकर्मीमा पनि संक्रमण पाइएको छ ।

इटलीमा ३७ स्वास्थ्यकर्मीको मृत्यु

यसैबीच इटलीमा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुने स्वास्थ्यकर्मीको संख्या ३७ पुगेको छ ।

त्यहाँका चिकित्सकहरुको पेशागत संगठनले जनाएअनुसार ३७ स्वास्थ्यकर्मीले कोरोना संक्रमितको उपचारमा संलग्न भएका कारण आफैँ संक्रमित भएर ज्यान गुमाउनु परेको हो ।

पछिल्लो समय कोरोनाभाइरसको निकै ठूलो प्रभाव देखिएको इटलीमा ७० हजार संक्रमित देखा पर्दा ७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप