शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रौतहटमा लकडाउनमा थप कडाइ : ३ दर्जन सवारी नियन्त्रणमा

बिहीबार, १३ चैत २०७६, २२ : १०
बिहीबार, १३ चैत २०७६

रौतहट । सरकारद्धारा घोषित एकहप्ते लकडाउनको तेस्रो दिन बिहिवार रौतहटमा थप कडाइ गरिएको छ ।  विश्वव्यापीमहमारीको रूपमा फैलिएको कोभिड – १९ कोरोनाभाईरसको सङक्रमण कमगर्ने उदेश्यले सरकारले घोषणा गरेको लकडाउनको विहीबार पूर्ण प्रभाव देखिएको छ।
जिल्ला सदरमुकाम गौर, गरुडा, कटहरिया,चन्द्रपुरलगायत सबै बजारमा रहेको पसल होटेल लगायत सबै ब्यापारिक प्रतिष्ठान बिहानैदेखि बन्द थिए । औषधि पसल, ग्यास पसल, खाद्यान्न पसल भने नियमित सेवा दिरहेको छ । 

जिल्लामा सबै  सवारी साधनचलेको छैन मुख्य बाटोदेखि सहायक मार्गमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्तीको गाडी मात्र देखिएको छ । लकडाउनलाई पूर्ण प्रभावकारि बनाउन भारतीय सीमाना तथा मुख्य र साना नाकामा संयुक्त टोलि खटिएको रौतहटका सिडिओ बाशुदेव घिमिरेले बताए ।

लकडाउनको तेस्रोदिनआजबिहानै अटेर गरेर बाटोमा आउनेको संख्या तुल्नात्मक न्युन देखिएको छ । लकडाउन अटेर गरेको आरोपमा हिजो जिल्लामा प्रहरीले ४ सय सवारीसाधन नियन्त्रणमा लिएको थियो ।


जबकी तेस्रोदिन आज गौर,गरुडा चन्द्रपुरमा लकडाउन अटेरगरेको आरोपमा मात्र ३२ वटा मोटरसाईकल र एउटा ईरिक्सा नियन्त्रणमा लिईएको रौतहटजिल्ला प्रहरी प्रमुख एसपी रविराज खडकाले जानकारी दिएका छन ।

लकडाउनको अवस्थामाकुनै किसिमको कालाबजारी नहोस भनीप्रहरी सक्रियरुपमालागिरहेको एसपी खड्काले जनाए । अगामी १८ गतेसम्म घोषणा भएको लकडाउन पुर्ण प्रभावकारी बनाउनजिल्लाको १८ वटै स्थानीयतहमाप्रहरीले माईकिङ गरि घर बाहिर नजान अनुरोध गर्र्दै आएको छ ।

गौरमा ब्यवस्थित तरकारी बजार 

जिल्ला सदरमुकाम गौरस्थित बिहीवारदेखि तरकारी बजार व्यवस्थित गरिएको छ । सशस्त्र प्रहरीका एसपी रविनराज कर्णजित र गौर नगरप्रमुख अजयकुमार गुप्ताको पहलमा तरकारी बजार ब्यवस्थित गरिएको हो । 

दैनिक उपभोग्य वस्तु तरकारी नभई नहुने र भिडभाडमा कारोना भाइरस संक्रमणको जोखिम बढने हुँदो गौर नगरपालिकाको सहयोगमा तरकारी बजार व्यवस्थित गरिएको सशस्त्रका एसपी कर्णजितले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप