दाङबाट प्रकाशन हुने सबै पत्रपत्रिकाको प्रकाशन बन्द
बिहीबार, १३ चैत २०७६, २२ : ११
दाङ । कोभिड–१९ सङ्क्रमणको जोखिमबाट जोगिनका लागि दाङबाट प्रकाशन हुने सबै पत्रपत्रिकाको प्रकाशन बन्द भएको छ । पत्रिकाबाट पनि कोभिड–१९ सर्न सक्ने जोखिमलाई मध्यनजर गरि दैनिक तथा साप्ताहिक पत्रपत्रिका बन्द गरिएका हुन् ।
‘लक डाउन’को समयमा ग्राहकसामु पत्रपत्रिका पु¥याउन पनि समस्या हुने तथा पत्रिकाबाट पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा कोभिड–१९ सर्न सक्ने भन्दै पत्रिका बन्द गरिएको सबै पत्रिकाका प्रकाशकले जानकारी गराएका छन् । यहाँ अहिले सात दैनिक पत्रिका प्रकाशित छन्, भने एक दर्जनको हाराहारीमा साप्ताहिक पत्रिका छन् । अहिले सबै पत्रिकाले अनलाइन संस्करणबाट सूचना तथा सन्देश प्रवाह गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी