युएई सरकारद्वारा ३ दिनसम्म घरबाट बाहिर ननिस्कन आह्वान
बिहीबार, १३ चैत २०७६, २३ : २२
एजेन्सी । युएई सरकारले आज बेलुकी ८ बजे (२६ तारिख) देखि आईतबार बिहान ६ बजे (२९ तारिख) सम्म आमनागरिकलाई घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ। युएई सरकारले तीन दिनसम्म सार्वजनिक स्थल, सवारी साधन र बाटोहरु औषधि पानीले सफा गर्ने (स्टेरिलाईजेसन) गर्नुपर्ने भएकोले सर्वसाधारणलाई घरभित्र रहन आग्रह गरेको हो।
यो समयमा औषधि ,खाद्यान्न र अति आवश्यक समान किन्न बाहेक घरबाट बाहिर ननिस्कन समेत युएई सरकारले आमनागरिकलाई आग्रह गरेको छ । यसलाई उल्लंघन गरे जेल सजाय र जरिवाना समेत हुने चेतावनी दिइएको छ ।