शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इटलीमा एकैदिन ७१२ को मृत्यु स्पेनमा ७१८

शुक्रबार, १४ चैत २०७६, ०७ : ३५
शुक्रबार, १४ चैत २०७६

कोरोना भाइरसका कारण निम्तिएको कोभिड–१९ का कारण इटलीमा एकैदिन ७ सय १२ को मृत्यु भएको छ भने स्पेनमा ७ सय १८ जनाको मृत्यु भएको छ ।

इटलीमा ६ हजार २ सय ३ नयाँ संक्रमित थपिएसँगै त्यहाँ कूल संक्रमितको संख्या ८० हजार पुगेको छ । तीमध्ये ३ हजार ६ सय १२ जनाको अवस्था गम्भीर छ । यद्यपि, १० हजार ३ सय ६१ जना निको भएका छन् ।

साथै, स्पेनमा एकैदिन ७ सय १८ को मृत्यु भएपछि यहाँ अहिलेसम्म ४ हजार ३ सय ६५ को मृत्यु भइसकेको छ ।

साथै, यहाँ ८ हजार २ सय ७१ नयाँ संक्रमित थपिएसँगै त्यहाँ कूल संक्रमितको संख्या ५७ हजार ७ सय ८६ पुगेको छ । तीमध्ये ३ हजार १ सय ६६ जनाको स्थिती गम्भीर छ । यहाँ ७ हजार १५ जना निको पनि भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप