बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबारे हामीले थाहा पाउनुपर्ने कुरा

हामी जति हार्छौँ त्यस भाइरसको शक्ति दोब्बर तेब्बर हुँदै झन् झन् बढ्दै झन् झन् बलियो र आक्रामक हुँदै जान्छ
शुक्रबार, १४ चैत २०७६, ०९ : ०३
शुक्रबार, १४ चैत २०७६

भाइबहिनीहरू, आज हामी आफ्नै घरभित्र थुनिएर बसिरहेका छौँ । हामी यसरी किन बसिरहेका छौँ भन्ने कुरा हामीलाई प्रस्ट हुनु जरूरी छ । हामीले यो कुरा राम्ररी थाहा पाउनु पर्छ र हामीले आफ्ना आमा र बाबालाई पनि मैले थाहा पाएको कुरा भनेर सुनाउनु राम्रो हुन्छ भन्ने लागेर तपाईहरूलाई सुनाइरहेको हुँ ।

भाइबहिनीहरू, आज विश्वका अगाडि भनौँ मानव जातिकै अगाडि ठूलो संकट तेर्सिन आएको छ । अहिले संकट समाधानको बाटो खोज्नतिर लाग्नुभन्दा यो कहाँबाट आयो कसले ल्यायो भन्नेजस्ता बादबिबादमा अल्झिरहनु उपयुक्त समय हैन भन्ने कुरा धेरै धेरैलाई राम्ररी थाहा भइसकेको छ । किनभने यस भाइरसको आक्रमण हामी सम्पूर्ण मानव जातिकै विरुद्धमा नराम्ररी तेर्सिइसकेको छ र हामी अप्ठ्याराहरू बेहोर्न बाध्य भइरहेका छौँ ।


अहिले हामीमाथि कोरोना भाइरसले आक्रमण गरिरहेको छ र यस परिस्थितिमा हामीसित यसविरुद्ध भिड्न तयार हुनु बाहेक अर्को बाटो छँदै छैन । किनभने यसले आक्रमण गरिसकेकै छ र हामीहरू धेरै क्षेत्रमा (विश्वभरका धेरै देशहरू) हारिरहेका छौँ । अहिलेको यस विषम घडीले हाम्रो परीक्षा लिइरहेको छ र हामी सबै आआफ्नो परिक्षामा सयका सय अङ्क ल्याई उतीर्ण हुनै पर्छ, उनान्सय अङ्क ल्याएर पनि हुँदैन किनभने एक मात्र बाँकी रहँदा समेत त्यो भाइरस फेरि एकै चोटी दिन दुगुना रात चौगुनाका रूपमा बृद्धि हुन सक्छ र हामीमाथि फेरि आइलाग्छ ।


अहिले हामी देखिरहेका छौँ, राम्रा मानिसहरू संकट सुल्झाउनतिर आआफ्ना गच्छेअनुसार र ज्ञानअनुसार तन मन र धनले लागिरहेका पनि छन् । वास्तवमा भन्ने हो भने अहिले हामीमाथि कोरोना भाइरसले आक्रमण गरिरहेको छ र यस परिस्थितिमा हामीसित यसविरुद्ध भिड्न तयार हुनु बाहेक अर्को बाटो छँदै छैन । किनभने यसले आक्रमण गरिसकेकै छ र हामीहरू धेरै क्षेत्रमा (विश्वभरका धेरै देशहरू) हारिरहेका छौँ । अहिलेको यस विषम घडीले हाम्रो परीक्षा लिइरहेको छ र हामी सबै आआफ्नो परिक्षामा सयका सय अङ्क ल्याई उतीर्ण हुनै पर्छ, उनान्सय अङ्क ल्याएर पनि हुँदैन किनभने एक मात्र बाँकी रहँदा समेत त्यो भाइरस फेरि एकै चोटी दिन दुगुना रात चौगुनाका रूपमा बृद्धि हुन सक्छ र हामीमाथि फेरि आइलाग्छ ।

त्यसैले तत्काल हामीले गर्नु पर्ने काम के हो भन्ने कुरा हामीले सकेसम्म चाँडो पहिल्याउन सक्नै पर्छ नत्र अबेर भइसक्नेछ र हामी निश्चित रूपमा हार्नेछौँ र सम्पूर्ण मानव जातिले अत्यन्त ठूलो क्षति बेहोर्नु पर्ने हुन्छ । यस घडीमा हामीले के कुरा राम्ररी बुझ्नु पर्छ भने हामी जति हार्छौँ त्यस भाइरसको शक्ति दोब्बर तेब्बर हुँदै झन् झन् बढ्दै झन् झन् बलियो र आक्रामक हुँदै जान्छ । त्यसैले हामीले समयमै राम्ररी सोचौँ, छलफल गरौँ, व्यूह रचना गरौँ र राक्षस कोरोनामाथि विजय पाइ छाडौँ !

पहिलो कुरो, कोरोनासित लड्न र त्यसमाथि विजय प्राप्त गरिछाड्न सबभन्दा पहिले हामीले कोरोना के हो, हामीले के गर्‍यौं भने यो निर्धो हुन्छ र हार्छ अनि हामी कहाँ चुक्यौँ भने यो बलियो हुन्छ भन्ने कुरा राम्ररी थाहा पाउन खोजौँ–

कोरोना हाम्रा आँखाले देख्न सकिने शत्रु (भाइरस) हैन । यो हाम्रै शरीरभित्र पसेर हामीमाथि आक्रमण गर्ने भाइरस हो । फेरि यो हाम्रो शरीरमा पसिसकेको छ छैन भन्ने कुरो समेत परिक्षणपछि मात्र फेला पार्न सकिने रहेछ भन्ने कुरो पनि अहिले हामीलाई थाहा भएको छ ।


कोरोना हाम्रा आँखाले देख्न सकिने शत्रु (भाइरस) हैन । यो हाम्रै शरीरभित्र पसेर हामीमाथि आक्रमण गर्ने भाइरस हो । फेरि यो हाम्रो शरीरमा पसिसकेको छ छैन भन्ने कुरो समेत परिक्षणपछि मात्र फेला पार्न सकिने रहेछ भन्ने कुरो पनि अहिले हामीलाई थाहा भएको छ ।


आँखाले नदेखिने शत्रुसित युद्ध गर्नु र त्यसमाथि विजय प्राप्त गर्नु चानचुने कुरा हुँदै हैन स्वतः कठिन हुन्छ नै, त्यसैले राम्ररी छलफल गर्नु बाहेक हामीसित अर्को बाटो छैन । फेरि समय बितिसक्यो भने हामी धेरै पछि पर्ने छौँ र हामीले ठूलो क्षति बेहोर्नु पर्ने हुन्छ भन्ने कुरो पनि हामीले राम्ररी बुझौँ ।

अहिलेसम्म कोरोनाले हामीलाई छुनै नसकिने र छोयो भने पनि हामीलाई केही पनि नहुने भ्याक्सिन भनौँ कवज बनाउन हामीले सकेका छैनौँ । हामीले यसलाई परास्त गर्ने ओखति पनि तयार गर्न सकेका छैनौँ । त्यसैले अहिले हामी त्यसले छुनै नसकिने गरी ढोका थुनेर बस्ने र आफू पनि डुममा फेरिन नपर्ने एउटै उपाय गरिरहेका छौँ । के कुरा पक्का छ भने त्यल्ले हामीलाई छुन पायो भने त्यल्ले हामीलाई पनि डुममा फेरिदिने छ अनि हामीसित सँगै बसेका र हामीलाई छुनेहरू पनि डुम हुन्छन् । कस्तो डरलाग्दो !

त्यसैले लक्डाउन भनौँ वा यो भाइरस पस्नै नसकिने गरी व्यूह(कोठा)भित्र आफैं थुनिएर बस्ने उपाय हामीले गरेका हौँ । हाम्रो यस उपायलाई मात्र हामीले राम्ररी पालना गर्न सक्यौँ भने त्यो डुम केही समयपछि आफैं मर्ने छ । किनभने एक्लो परेको त्यस भाइरसको आयु साह्रै छोटो छ र हामीले मार्न नपर्ने गरी त्यो आफैं मर्ने छ । त्यसपछि हामी एक दुई जना मात्र हैन हामी सम्पूर्ण मानव जाति नै यस राक्षसको आक्रमणबाट जोगिने छौँ ।


त्यसैले लक्डाउन भनौँ वा यो भाइरस पस्नै नसकिने गरी व्यूह(कोठा)भित्र आफैं थुनिएर बस्ने उपाय हामीले गरेका हौँ । हाम्रो यस उपायलाई मात्र हामीले राम्ररी पालना गर्न सक्यौँ भने त्यो डुम केही समयपछि आफैं मर्ने छ । किनभने एक्लो परेको त्यस भाइरसको आयु साह्रै छोटो छ र हामीले मार्न नपर्ने गरी त्यो आफैं मर्ने छ । त्यसपछि हामी एक दुई जना मात्र हैन हामी सम्पूर्ण मानव जाति नै यस राक्षसको आक्रमणबाट जोगिने छौँ ।


हामीलाई अहिले के कुरा पनि बिस्तारै थाहा हुँदै छ भने कोरोना भन्ने यो राक्षस हाम्रो जमिनमा आफै उत्पति भएको हैन । यो हाम्रो मुलुकमा कसरी आइपुग्यो होला त ? यो आफैं कतै जाँदैन, जानै सक्तैन । अहिलेसम्मको कुरा सुन्दा यो हाम्रो मुलुकमा हवाइजहाजको मार्गबाट आइपुगेको पुष्टि भएको छ, त्यसो भएकैले यसले व्यापक रूपमा जताततै फिँजिन पाएन । किनभने हवाइजहाजबाट आइपुगेको व्यक्ति चेतना भएको अर्थात् चेतनशील भएको हुनाले जाँच गराउन अस्पताल पुग्नुभयो र त्यो राक्षस फेला पर्‍यो । त्यो राक्षस मोटर रेल चढेर वा हिँडेर आइपुगेको भए अस्पतालमा पुग्न पाउँदैनथ्यो वा पुग्दैनथ्यो होला अनि त्यस राक्षसले अहिलेसम्ममा गर्नु नगर्नु गरिसक्थ्यो होला । धन्य !

अब समय धेरै अघि बढिसकेको छ, सबै जागौँ, कोरोना बिरुद्धको युद्धमा विजय प्राप्त गरिछाड्न पालना गर्नु पर्ने सबै नियम पालना गरौँ र त्यस राक्षसमाथि विजय पाइ छाडौँ !

भाइबहिनीहरू, मलाई पूरा विश्वास छ, तपाईहरू सबैले पालना गर्नु पर्ने सबै सबै नियम राम्ररी पालना गर्नु हुनेछ । धन्यवाद !

Title photo: https://freepreschoolbooks.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शान्तदास मानन्धर
शान्तदास मानन्धर
लेखकबाट थप