केन्द्रीय संस्करण

कोरोना परीक्षण गरेको दाबी गर्दै आफन्त भेट्दै हिँड्छन् लाहुरे

person explore access_timeचैत १४, २०७६ chat_bubble_outline0

प्यूठान - कोरोना भाइरस कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि  यतिबेला प्यूठानका नौ वटै स्थानीय तहहरुले आफ्नो तयारी तीव्र पारेका छन् ।  

प्यूठान जिल्लामा पछिल्लो केही समय यता अर्थात विभिन्न मुलुकमा कोरोना भाइरस फैलिएपछि  करिब २ हजार  ५ सय मानिस जिल्ला भित्रिएको पालिकाको तथ्यांकमा उल्लेख छ । 

सबैभन्दा धेरै स्वर्गद्धारी नगरपालिकामा ६ सय ९० जना आफ्नो गाउँ फर्किएका छन् । माण्डवी गाउँपालिकामा ५ सय ७०  जना आएका छन् । त्यस्तै प्यूठान नगरपालिकामा ५ सय,  ऐरावती गा.पा. मा २ सय ५०, सरुमारानी २ सय १३ जना भित्रिएको पालिका स्रोतले जानकारी दिएको छ । 

झिमरुक गाउँपालिका भने तथ्यांक संकलन गर्न बाँकी रहेको पालिका अध्यक्ष तिलक जिसीले बताए । ‘जनप्रतिनिधिहरुले  तथ्यांक संकलन गर्दै छन्ं’– अध्यक्ष जिसीले भने–‘भारतबाट आएका केही युवाहरु अनुसाशनमा नबसेको गुनासो आएको छ त्यस विषयमा हामी छलफल गर्दैछौं ।’  

गौमुखी गाउँपालिकामा अहिले सम्म ४० जना विदेशी भूमिबाट आफ्नो गाउँ आएको पालिकाका प्रेस संयोजक जोगिन्द्र मल्लले जानकारी गाराएका छन् । उनीहरु नेपाल लकडाउन नहुदैं घर आइपुगेको हुनाले क्वारेन्टाइनमा नराखिएको समेत उनले बताए ।  

त्यस्तै नौ बहिनी र मल्लरानी गाउँ पालिकामा विदेशी भुमिबाट केही मानिसहरु आफ्नो घर आएको र तथ्यांक संकलन गरिरहेको पालिका स्रोतले जानकारी गराएको छ  । कोरोना भाइरसले आक्रमण गरेपछि उपचार गर्नुभन्दा संक्रमित हुनुबाट बचाउनु सरकारको मुख्य लक्ष्य हो । यसरी गाउँ आएका युवाहरु  घुमफिर गर्दै हिड्न थालेपछि संक्रमित व्यक्तिबाट महामारी फैलिन कुनै समय लाग्ने छैन । 

स्वास्थ्य परिक्षण गरेको दावी गर्दै गाउँ घुम्छन् युवाहरु 
प्यूठान नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष लक्ष्मण भण्डारीका अनुसार पछिल्लो १२ यता ५५ जना मानिस भारतका विभिन्न ठाउँ र  तेस्रो मुलुकहरु दुवइ, फ्रान्स र साउदी बाट गाउँ आएका छन् । 

धेरै जसो सेल्फ क्वारेन्टाइनमा बसेता पनि केही व्यक्तिहरुले आफुहरु स्वास्थ्य परिक्षण गरेर आएको र निरोगी भएको बताउदैं आफन्त भेट्दै हिड्ने गरेको वडा अध्यक्ष भण्डारीले बताए । घरमै बस्ने सल्लाह दिदां समेत उल्टै आफुलाई थर्काउने बताउदै  शनिवार( भोली) माइकिङ गर्ने तयारी गरेको उनले जानकारी दिए । 

प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतिले यदी कोही संक्रमित बाहिरबाट आएको भए गाउँ नै ध्वस्त बनाइसकेको बताए । विदेशीमुलबाट आफ्नो घर आएका सबै जनालाई अनिवार्य क्वारेन्टाएइन राखिनु पर्ने भएता पनि त्यसो नगर्दा ठुलो क्षति हुन सक्ने उनी बताउछन् । अब क्वारेन्टाइन निर्माण गर्नु भन्दा पनि गाउँ बस्तीमा जनशक्ति परिचालन गरी स्वास्थ्य परिक्षण गर्नु पर्ने उनको भनाइ छ । 

तर, विदेशी भुमिबाट आएका स्थानीयवासीहरु गाउँगाउँ भौतारीदै आफन्तहरु भेट्दै हिडेको गुनासो आउने थालेका छन् । सेल्फ क्वारेन्टाइनमा बस्छौं भन्दै गाउँ गएका ति युवाहरु छरछिमेकीलाई भेट्दै हिँड्न थालेका हुन् । विदेशी भूमिबाट जिल्ला भित्रिएका सबै जनालाई कम्तीमा १४ दिनसम्म क्वारेन्टाइनमा राखेर मात्र गाउँ पठाउने भनिएता पनि विदेशबाट आएका जति सिधै गाउँ जाने र आफन्त भेटघाट तथा घुमिफिरमै व्यस्त छन् । 

यता स्थानीय तहले आफ्नो पालिकामा बनाएका क्वारेन्टाइन भने रित्तै छन् । शहर भन्दै गाउँ असुरक्षित भएको भन्दै सामाजिक सञ्जालमा अशन्तुष्टि व्यक्त गर्नेको संख्या बढ्दै गएको पाइन्छ  । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...