कोरोना कोषमा सन्दीपको एक लाख सहयोग
शुक्रबार, १४ चैत २०७६, ०९ : ५८
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सरकारले हालै स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा रु एक लाख सहयोग गर्ने भएका छन् ।
उनले बिहीबार साँझ समाजिक सञ्जालमार्फत सो कोषमा उक्त सहयोग गर्ने घोषणा गरेका हुन् ।
“कोषमा रु एक लाख दिने घोषणा गर्दछु, यस्तो सङ्कटको बेलामा हामीले कसैलाई बिर्सिनुहुन्न”, उनले ट्वीट गर्दै भनेका छन् ।
सन्दीपले महामारीका समयमा सबैलाई सुरक्षित रहन आग्रह गर्दै कोरोना भाइरसबाट सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सरकारद्वारा स्थापित कोरोना कोषमा विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम बढ्दै गएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बोक्सीको घर’लाई बोर्डको युनिभर्सल सर्टिफिकेट
-
पूर्व प्रधानमन्त्री खनाल र किरात धर्मगुरु आत्मानन्दबिच भेटवार्ता
-
ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो नयाँ अपडेट
-
चर्चामा अडियोमा आधारित नयाँ सामाजिक सञ्जाल ‘एयरच्याट’
-
आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान
-
मोडल लक्ष्मण भण्डारीले गरे प्रेमिका गीतासँग विवाह