मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बस दुर्घटनामा सहचालकको मृत्यु

शुक्रबार, १४ चैत २०७६, ११ : ३०
शुक्रबार, १४ चैत २०७६

बस  दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । शारदा नगरपालिका ८ काटीगाउँबाट दुल्धारा पोखरा जाँदै गरेको ना ३ ख ७९७५ नम्बरको बस  मार्केबजार नजीकै दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको हो । 
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ४ का १८ वर्षीय सुजन नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

दुर्घटनामा परी शारदा  ८ का २६ वर्षीय सुरेन्द्र सेजवाल, २७ वर्षीय खेमराज बुढाथोकी र २८ वर्षीय थमन चलाउने घाइते भएको प्रहरीले जानकारी दिएको छ  । 

घाइतेको सल्यान अस्पतालमा उपचार भइरहेको र  अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । गाडीको टायर मर्मत गर्ने क्रममा  बस दुर्घटना भएको र सडकदेखि ५० मिटर तल खसेको छ   । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप