शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना रोकथाम कोषलाई हिमालयन बैंकको १ करोड २५ लाख सहयोग

शुक्रबार, १४ चैत २०७६, १४ : २६
शुक्रबार, १४ चैत २०७६

काठमाडौं ।  हिमालयन बैंकले सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु एक करोड २५ लाख प्रदान गर्ने भएको छ ।  बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारबाट स्थापित कोरोना भाइरस सङ्क्रमण रोकथाम कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो । 

बैंकले महामारीबाट बच्न कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका साथै चिकित्सक तथा स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिको सुरक्षाका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गर्न देश र जनताप्रतिको आफ्नो दायित्वलाई मनन गर्दै उक्त सहयोग गरेको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप