बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनमा आइएमई पेले ल्यायो आकर्षक योजनाः ब्याजदरको सुुविधा देखि क्यास व्याकसम्म

शुक्रबार, १४ चैत २०७६, १७ : २७
शुक्रबार, १४ चैत २०७६

काठमाडौं– आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ले मोबाइल वालेट एप ‘आइएमई पे’ मार्फत् ‘चार गुण सशक्त’ नामक नयाँ योजना प्रस्तुत गरेको छ । आइएमई पेले हाल देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै आफ्ना सेवाग्राहीहरूको सुविधाका लागि आफ्नो योजना अगाडी सारेको हो । 

हालका लागि ‘आइएमई पे’ मोबाइल वालेट खातामा निम्न सुविधाहरू प्रस्तुत गरेको छ ।

वालेटको ब्यालेन्समा ४ प्रतिशत ब्याजदरको सुविधा 

आइएमई पे सुपर वालेट प्रयोग गर्ने सेवाग्राहीहरुले यो योजनाअनुसार वालेटको ब्यालेन्समा त्रैमासिक रुपमा भुक्तानी हुने गरि ४ प्रतिशत ब्याज पाउनेछन् । यसका लागि सेवाग्राहीहरुले वालेटमा एक हजारको न्यूनतम ब्यालेन्स राख्नु पर्नेछ । 

अब सेवाग्राहीहरुले विदेशबाट पठाएको रकम आइएमई पे एपभित्र रहेको रेमिट्यान्स अप्सनमा क्लिक गरेर सजिलै मोबाइलमा प्राप्त गर्न सक्नेछन् । साथै देशभरिका २५ हजारभन्दा बढी आइएमईका एजेन्टहरुबाट पनि वालेटमा रकम राख्न सकिन्छ । 

यसका अतिरिक्त ग्लोबल आइएमई बैक लगायत अन्य विभिन्न बैंकहरुबाट पनि वालेटमा सिधै रकम राख्न सकिन्छ । बैंकबाट वा बैंकमा रकम ट्रान्सफर गर्दा हाल कुनै शुल्क लाग्दैन । आइएमई पे वालेट प्रयोग गरिराखेका सेवाग्राहीहरुले यो सुविधाका लागि सुपरवालेटमा अपग्रेड गर्न एपबाट नै आवेदन दिन सक्ने छन् । 

टप–अप अर्थात् मोबाइल रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याकको सुविधा

यो योजना अनुसार, आइएमई पे वालेट प्रयोग गरि सेवाग्राहीहरूले नेपाल टेलिकम, एनसेल वा स्मार्ट सेलको टप–अप अर्थात् रिचार्ज गर्दा टेलिकम कम्पनीले दिने सुविधाका अतिरिक्त आइएमई पेले थप ५ प्रतिशत क्यास ब्याक प्रदान गर्नेछ्र । हाल नेपाल टेलिकमले १०० प्रतिशत टक–टाइम बोनस र एनसेलले ५० प्रतिशत टक–टाइम बोनस प्रदान गरिरहेका छन् । 

५०० रिवार्ड पोइन्टस्को सुविधा

यो योजना अनुसार कुनैपनि आइएमई पे वालेट प्रयोगकर्ताले अरु कसैलाई आइएमई पे वालेट डाउनलोड़ गर्न आमन्त्रण गर्दा ५०० रिवार्ड पोइन्ट दुवै जनाले पाउने छन् । रिवार्ड पोइन्टलाई वालेटको ब्यालेन्समा पनि परिणत गर्न सकिन्छ । 

सजिलो, भरपर्दो र छरितो क्यास आउटको सुविधा

हाल विश्वव्यापी महामारी फैलिएको अवस्थामा आइएमई पेले सबैलाई डिजिटल भुक्तानी र मनी ट्रान्सफर गरी आफ्नो अत्यावश्यक वित्तीय आवश्यकता पुरा गर्न अनुरोध गरेको छ । सेवाग्रहिहरुको आवश्यकतालाई ध्यानमा राखी आइएमई पे एपमार्फत नै भुक्तानी तथा मनि ट्रान्सफर गरि सजिलो, भरपर्दो र छरितो सेवा लिन सक्ने सुबिधा ल्याएको छ । 

देशको स्थिति सामान्य हुदै गएपछि नगदको आवश्यकता परेमा देशभरिका कुनै पनि नजिकको एजेन्टबाट वालेटको रकम निःशुल्क निकाल्न पनि सकिन्छ । यो सुविधाले बाहिर नगई घरैबाट सेवाग्राहीहरुको आवश्यकता पुरा गर्न सहयोग पुग्ने विश्वास आइएमईको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप