शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना भाइरसविरुद्धको लडाईंमा सरकारलाई सघाउन नेता कार्यकर्तालाई नेकपाको सर्कुलर

शुक्रबार, १४ चैत २०७६, १८ : १८
शुक्रबार, १४ चैत २०७६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कोरोनाविरुद्ध सरकारले चालेका कदमलाई सहयोग गर्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ । चैत १४ गते दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले विशेष परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएका हुन् ।

विश्वस्तरमा विकराल बन्दै गएको यस रोगको संक्रमण फैलन नदिन र कोहीकसैमा देखा परिहालेमा पनि सुरक्षित तवरले उपचारको प्रवन्ध गर्न सरकारका प्रयासहरुलाई स्वयंसेवी ढंगले सघाएर प्रभावकारी बनाउन जरुरी रहेको भन्दै त्यसका लागि अर्को निर्देशन नआएसम्मका लागि पार्टी तथा पार्टी निकटका जनवर्गीय संगठनका बैठक, भेला, सदस्यता नवीकरण जस्ता काम स्थगित गर्न नेकपाले निर्देशन दिएको छ ।

त्यस्तै परिपत्रमा लकडाउनको पूर्ण पालना गर्न तथा यसबारे आम जनमानसलाई सचेत गराउनुका साथै स्वास्थ्य तथा राज्यका निकायहरुसँग समन्वय गरेर कोरोनाविरुद्धको लडाईमा स्वयंसेवकको भूमिकामा आम समुदायलाई सजग र सर्तक रहन अभिप्रेरित हुने गरी खटिन कार्यकर्ताहरुलाई निर्देशन दिइएको छ । त्यस्तै हवाई तथा स्थलमार्गबाट नेपाल आएकाहरुलाई सेल्फ आइसोलेसन वा क्वारेन्टाइनमा राख्न प्ररित गर्ने र सघाउन आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।

त्यस्तै जिल्ला, प्रदेश तथा स्थानीयस्तरमा अस्थायी उपचार केन्द्र, प्रयोगशाला लगायत निर्माणमा सहयोग गर्ने, कोरोना भाइरसको लक्षण देखिएको व्यक्तिसँगका मानिसहरुको अभिलेख राख्ने वा यो रोगको शंका लागेमा राज्यका निकायलाई जानकारी दिन नेकपाले सर्कुलर गरेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप