केन्द्रीय संस्करण

यस्तो छ आजको मौसम पूर्वानुमान

person explore access_timeचैत १५, २०७६ chat_bubble_outline0

मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ । शनिबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले हाल नेपालमा पश्चिमी निम्न चापिय प्रणालीको प्रभाव रहेको जनाएको छ ।

यसैगरी, अहिले देशभरी नै  आंशिकदेखि सामान्य बदली  रही पश्चिम र मध्य भू-भागका केहि स्थानहरुमा हल्का वर्षा भइरहेको पूर्वानुमानमा उल्लेख छ । 
 
त्यस्तै, शनिबार दिउँसो भने देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।

राति भने देशभर मौसम सामान्यतया सफा हुने सम्भावना रहेको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.