शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मेडिको नेपालको हटलाइन सेवा, कोरोनाभाइरसबारे सम्पूर्ण जानकारी एक क्लिकमा

शनिबार, १५ चैत २०७६, ११ : ५८
शनिबार, १५ चैत २०७६

काठमाडौं– मेडिको नेपालले अबदेखि कोरोनाभाइरस (कोभिड–१९) सम्बन्धि जानकारी तथा सुझाव सिधा हटलाइनमार्फत दिनेछ । मेडिको नेपाल जसले जनताको स्वस्थ्य सम्वन्धी चासो जिज्ञासालाई बुझी स्वास्थ्य सहजकता प्रस्तुत गरी जनतालाई सेवा प्रदान गर्दै आइरहेको छ ।

अहिले विश्वभरमा माहामारीको रुपमा फैलिरहेको छ कोभिड–१९को माहामारीलाई मध्यनजर गरी मेडिको नेपालले नेपाली जनताहरुलाई वेवसाइट र एप्लिकेसनको माध्यमबाट सेवा प्रदान गर्न लागेको छ । 

मेडिको नेपाले आफ्नो वेवसाइट (www.mediconepal.com) र मोबाइल एप्लिकेसनमा जनताहरुको कोभिड–१९सम्बन्धी जिज्ञासा र त्यसको स्वास्थ्यकर्मीद्घारा सुझाव, मेडिको नेपालको वेवसाइट र एप्लिकेसनमा राखिएको हटलाइन नम्बरहरुबाट प्राप्त गर्न सकिने छ ।

आपतकालिन अवस्थामा घरमा बसिबसि स्वास्थ्यकर्मीहरुसँग सल्लाहा सुझाव लिन सकिने व्यवस्था मिलाइएको छ । मोबाइल एप्स डाउनलोड गर्न https://bit.ly/2OdL1CG  क्लिक गर्नु पर्नेछ ।

त्यसैगरी वेवसाइट र एप्लिकेसनमा कोभिड–१९सम्बन्धी जानकारीहरु जस्तै कोभिड–१९का (लक्षण, गर्न हुने नहुने कामहरु, रोकथाम गर्ने तरिका, रोग फैलिन नदिने उपाय, खान हुने नहुने खानेकुराहरु जस्ता अन्य सूचनाहरु राखिएको छ साथै कोभिड–१९द्घारा संक्रमण हुने, मृत्यु हुने संसारभरको अपडेट राखिएको छ ।

हाम्रो वेवसाइट र एप्लिकेसनको माध्यमबाट जनताहरुले आफ्नै घरमा बसिबसि आफ्नो स्वास्थ्य परिक्षण, स्वास्थ्य स्थिति मुल्याङ्कन आफै गर्न सकिनेछ साथै कुन ठाउँमा अस्पतालको क्षमता कति छ भनेर पनि जानकारी प्राप्त गर्न सकिनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप