केन्द्रीय संस्करण
विचार

महामारीमा सुरक्षा पोशाकको आतंक

person explore access_timeचैत १५, २०७६ chat_bubble_outline1

आतंकवादले मानव सभ्यताको कुनै ख्याल गदैन । न उसको जात हुन्छ न धर्म भने जस्तै महामारीमा पनि त्यस्तै हुन्छ । 

जुनसुकै महामारीले पनि क्षति गर्छ गर्छ, खाली त्यति मात्र हो कि कति गर्छ थाहा हुँदैन । तर सबैको प्रयास क्षति न्यूनीकरणतिर हुन्छ । महामारी घण्टी बजाउँदै वा शंख फुक्दै आउँदैन । त्यसैले मै हुँ भन्ने राष्ट्रलाई पनि आच्छु आच्छु पारिदिएको छ ।

 महामारी नियन्त्रणको क्रममा सबै चिजको कमी नै हुन्छ । थुप्रै कमीकमजोरी देखिन्छन् र जनता आतंकित हुन्छ । जसले गर्दा मानव जातीले अझ बढी क्षति भोग्नु पर्दछ । त्यस्तो क्षतिमा कमी ल्याउन दे भित्र भएका साधनस्रोतको परिचालन गरिनुपर्दछ ।

महामारीबाट क्षति भोग्नुको कारण सरकारको फितलो तयारी मात्र होइन, स्वास्थ्य संस्थाहरु समस्या देखाएर उपचार गर्न तयार नहुनु, स्वास्थ्यकर्मीहरु सुरक्षाको कारण माग गर्दै अग्रसर नुहुनु, जनता र विरामीहरुमा जनचेतामा कमि हुनु र समाचार माध्यमबाट भ्रामक समाचार सम्प्रेषित हुनु पनि बढी क्षतिको कारण बन्दछन् ।

हामी यति भाग्यमानी छौं कि अहिलेसम्म हाम्रो देशमा कोरोनाको महामारी फैलिसकेको छैन । आउन सक्ने सम्भावनालाई मध्यनजर गरि एकजुट भएर काम गर्नुको सट्टा आरोप प्रत्यारोपमा समय खर्च गरिरहेका छौं । यो समय सकारात्मक सोचाइलाई माथि ल्याएर आगाडि बढ्ने बेला हो ।

अहिले विश्व समुदायको शत्रु कोरोना भाइरस हाम्रो देशभित्र प्रवेश गरिसकेको अवस्थामा पुरानो हतियारले लड्दैनांै, नयाँ हतियार देऊ नत्र लड्दैनौं भनेर हाम्रा सेनाहरुले युद्धमैदान छोडेर भाग्ने हो भने उनीहरुका सामु २ वटा विकल्प मात्र बाँकी रहन्छ, कि उनीहरु शत्रुबाट मारिन्छन् या आफ्नै बफादार सेनाबाट गद्दार भन्दै मारिन्छन् ।

अहिले त्यही स्थितिको सिर्जना भएको देखिन्छ, स्वास्थ्यकर्मीहरुको व्यक्तिगत सुरक्षा पोशाकलाई लिएर । यदि सुरक्षाको नाममा स्वास्थ्यकर्मीहरुले यो महामारीसँग नलड्ने हो भने हामी सबै समाप्त हुनेछांै । अर्कोतिर केहि स्वास्थ्य संस्थाहरु यस महामारीको लडाइँमा विभिन्न बहाना बनाएर लडाइँ लड्न अनकनाइ रहेको अवस्थामा बिगतको विनाशकारी भूकम्पको समय सम्झना दिलाउन चाहन्छु ।

 त्यसबेला जनाताले सुरक्षित ठाउँको खोजिमा निजी वा सरकारी खुला जमिनका साथै निजी घर भित्रको खुला कम्पाउण्ड बगैंचा कब्जा गरी टेण्ट हालेर बसेको इतिहास ताजै छ । यदि महामारी फैलियो भने स–साना क्लिनिकदेखि सरकारी तथा निजी अस्पतालहरु स्वतः विरामीहरुले भरिनेछ । त्यसपछि बाध्य भएर संचालक र स्वास्थ्यकर्मीहरुले उपचार गर्नुपर्ने अवस्था आउनेछ । त्यसैले अब हामीसँग विकल्प छैन, हामीसँग भएका स्रोत र साधनको प्रयोग गरिआएका विरामीहरुको जाँच र उपचार आजैबाट शुरु गर्नु जरुरी छ । जसले गर्दा भविष्यमा कम भन्दा कम क्षति हुनेछ ।

अहिलेको महामारीमा स्वास्थ्यकर्मी भनेका पुलिस हुन्, कोरोना भाइरस चोर हो । त्यसलाई पकडेर आफ्नो अस्पतालभित्र कैद गरेर राख्नुको साटो, म पोशाक नभै चोरलाई पकडिन्न भनेर सडकमा अलपत्र छोडिदिँदा संक्रमण झन् बढ्दैन र ?

जहाँसम्म सुरक्षाको कुरा छ, चिकित्सा विज्ञानले धेरै वैकल्पिक विधि र उपायहरु पनि दिएको छ । जुन विधि सजिलै उपलब्ध, सरल र सुरक्षित छन त्यही प्रयोग गरौं, यो हाम्रो पेशागत धर्म र जिम्मेवारी भित्र पर्दछ । यदि सरकारको मात्र भर पर्ने हो भने हामीले धेरै क्षति भोग्नु पर्ने स्थिति आउनसक्छ ।

व्यक्तिगत सुरक्षा पोशाकको पनि फरक प्रकार र तह हुन्छ । अहिले उपलब्ध नभएको भनेर होहल्ला मच्चिराखेको सुरक्षा पोशाक संक्रमण पुष्टि भएका वा उच्च जोखिम भएका विरामीको उपचारमा निकटतम् सम्पर्कमा आउने स्वास्थ्यकर्मीले मात्र प्रयोग गर्ने पोशाक हो । 

साधारण विरामीको जाँच र उपचारको लागि यो पोशाक जरुरी हुँदैन तर तिनलाई पनि सुरक्षा सामग्री चाहिन्छ, जस्तै मास्क, टोपी, पंजा र चस्मा आदि । यसलाई विवादित विषय बनाएर जनतालाई आतंकित र निरास नबानाऔं । यो हाम्रो चिकित्सा विधिभित्रको समस्या हो । हामी भित्रैबाट समस्या समाधानको खोजी गरांै र सुल्झाऔं । जनतालाई हौसला दिऔं । यस महामारीबाट पार पाउन केही संक्रमित देशहरुले अवकास पाएका स्वस्थ्यकर्मीहरुलाई समेत बोलाइएर उनीहरुबाट सेवा लिइरकेको आवस्थामा हामी विवाद माथि विवाद थप्दै चिकित्सा सेवालाई नै विवादित बनाउँदै छौँ ।

सुरक्षा पोशाकलाई विवादित बनाउनु भन्दा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले कसरी महामारीको लागि उपचार र सुरक्षा विधि अपनाएको छ, सिकौं र प्रयोगमा ल्याऔं । विकसित मुलुकसँग तुलना गरेर हाम्रो आफ्नो अवस्था र क्षमतालाई विवादित नबना‍औँ । लडाइँ अस्त्रले मात्र जितिदैन्, योजना र रणनीतिको पनि ठूलो भूमिका हुन्छ ।

 त्यसैले प्रत्येक सा–साना देखि ठूला स्वास्थ्यसंस्थाहरुले यो महामारीसँग लड्न र बचाउन देश र माटो सुहाउँदो योजना बनाउन जरुरी देखिन्छ । सामाजिक संजालमा सुझाब, सल्लाह र अर्तिउपदेश दिनुको साटो कसरी अगाडी बढ्ने भनेर आ–आफ्नो संस्थामा बसि छलफल गरेर कार्ययोजना बनाउनु उपयुक्त हुन्छ ।

अन्त्यमा, हाम्रा स्वास्थ्यकर्मीहरु अहिले पनि सिमित स्रोत र साधनको प्रयोग गरि आफ्नो ज्यानको परवाह नगरी नेपाली जनताको लागि लडिरहेका र लड्न तयारी अवस्थामा छन् । हाल उठेको सुरक्षा पोशाकको विवादले स्वास्थ्यकर्मीहरुले काम नै नगरेको वा पोशाक नभएर काम नै नगर्ने हुन् कि भन्ने प्रश्नले जनतामा निराशा छाएको छ । 

हाम्रा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरु सम्भाब्य महाविपत्तिको लागि लड्न सक्षम र तयारी अवस्थामा छन् । स्वास्थ्यकर्मीको मनोबल उच्च राख्दै तिनका त्याग तपस्याको कदर गर्नु सरकार र जनताको जिम्मेवारीभित्र पर्दछ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. March 29, 2020, 12:22 p.m. Ramesh P Aacharya
    Excellent analysis of the situation!
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.