शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसः यस्तो मुश्किल समयमा कसरी खुसी रहने ?

शनिबार, १५ चैत २०७६, १३ : १०
शनिबार, १५ चैत २०७६

एजेन्सी : कोरोना भाइरसको संक्रमणले विश्व नै आतंकित भइरहेको समयमा हरेकमा डर, शंका र बेचैनी हुनु स्वाभाविक नै हो । कोहि पनि व्यक्ति यो संकटको घडीमा रमाउन सकेको अवस्था छैन । मन आतंकित भएको समयमा मानिसहरुमा चिन्ता बढ्ने र विभिन्न मानसिक समस्या पनि उत्पन्न हुनसक्छ । त्यसैले यस्तो समयमा आफूलाई प्रसन्न र ताजा बनाइराख्न के गर्ने त ? 

संकटको समयमा खुशी हुने उपाय 
मनोविज्ञानका अनुसार चिन्ता र तनावले मानसिक तनाव पनि बढाउँछ । तर यस्तो परिस्थितीसँग जुध्न मुश्किल पनि छैन । त्यसैले जुन विषयमा चिन्ता भइरहेको छ त्यो विषयबाट टाढा हुनुपर्छ । विशेषतः महामारीको दौरान ध्यान मोड्न आवश्यक छ । त्यसैले ध्यान मोड्नको लागि विभिन्न रमाइलो क्रियाकलापहरु गर्नुपर्छ । 

मानसिक स्थिती राम्रो बनाउँन के गर्ने ? 
जस्तोसुकै परिस्थितीमा पनि खुशी हुनैपर्छ भन्ने मान्यता राख्नुहँुदैन । आफ्ना आफन्त र नजिकको मान्छेसँग टाढा रहँदा पनि तनाव बढ्न सक्छ । त्यसैले खुशी हुनका लागि स–साना चीजहरुमा ध्यान दिनुपर्छ । 

कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि सेल्फ क्वारेन्टाइनमा बसिरहनुभएको छ भने खाली समयमा घरको सरसफाईमा समय व्यतित गर्ने गर्नुस् । 

सामाजिक सञ्जालहरुमा आएका झुटा समाचार, जानकारीले मानसिक रुपमा विचलित गराउने काम गर्छ त्यसैले त्यस्ता कुरामा ध्यान नदिनुहोस् र सामाजिक सञ्जालमा धेरै समय व्यतित नगर्नुस् । 

मोबाइलजस्ता इलेक्ट्रोनिक सामानहरुको प्रयोग धेरै नगर्नुस् । 

सामाजिक दूरी कायम गर्दै स्वच्छ वातावरणको मज्जा लिनुस् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप