मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमण नियन्त्रणका लागि सर्वदलीय बैठक

शनिबार, १५ चैत २०७६, १४ : १८
शनिबार, १५ चैत २०७६

स्याङ्जा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि वालिङ नगरपालिकाद्वारा शनिबार सर्वदलीय बैठक आयोजना गरेको छ । 
नगरभित्र कोरोना संक्रमण र संत्रास नियन्त्रणका लागि नगर प्रमुख तथा विपद व्यवस्थापन समितिका संयोजक दिलीपप्रताप खाँणको अध्यक्षतामा बैठक बसेको हो । 
कोरोना संक्रमण नियन्त्रणका लागि राहत कोष स्थापना गर्ने, संक्रमण परीक्षण किटको व्यवस्थापन गर्ने, नगर बाहिरबाट आएका नागरिकलाई नगरको क्वारेन्टाइनमा राख्ने, नगर भित्रका पाँच वटा एम्बुलेन्स परिचालन गर्ने, दैनिक उपभोग्य लगायत खाद्यान्न सामग्रीको अपूर्ति गर्ने, होटल तथा लजमा क्वारेन्टाइन सञ्चालन गर्ने, राजनीतिक दलहरुको संयुक्त संयन्त्र बनाई फास्ट ट्रयाक रणनीति बनाई संक्रमण नियन्त्रण अभियान सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ । 
कोरोना संक्रमणका बिरुद्द लाग्न नगरभित्रका सबै क्रियाशिल राजनीतिक दलहरु सहमत भएका छन् । संक्रमणको घाडीमा राजनीतिलाई गौणमा राखेर नगरवासीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर सबै बगाडि बढ्ने विषयमा पनि सहमति भएको छ ।
बैठकमा नेपाल कम्यूनिष्ट पार्टी नगर कमिटी अध्यक्ष राजेन्द्र डुम्रे, नेपाली कांग्रेस नगर सभापति भिमलाल सुवेदीलगायत जनप्रतिनिधि र सरोकारवालाको सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप