कोरोना भाइरसबारे प्रचण्डको भिडियो सन्देश : घरमै बसेर सहयोग गरिदिनुस्
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन सचेत नागरिक र जिम्मेवार आमसचारमाध्यमको जिम्मेवारपूर्ण आधिकारिक शिक्षाले नै जोगिन सकिन्छ भन्ने तथ्यलाई गहिरो आत्मासात गर्न आग्रह गरेका छन् ।
अध्यक्ष प्रचण्डले शनिबार एक भिडियो शन्देश जारी गर्दै कोभिड १९ का विरुद्ध विजयप्राप्त गर्न नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेका आधिकारिक निर्देशन तथा आचारसंहिताको पालना गर्दै हरेक नागरिक र परिवारले घरमै बसेर आफू र आफ्नो परिवारको अमूल्य जीवनको रक्षा गर्न तथा त्यसमार्फत देश र दूनियाको रक्षामा योगदान गर्न सवैसँग अपिल गरेका छन् ।
त्यस्तै उनले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सामाग्रीको व्यवस्था गरी उनीहरुको मनोबल उच्च बनाउन राज्यको ध्यानाकर्षण समेत गराएका छन् ।
सन्देशमा अध्यक्ष प्रचण्डले दैनिक ज्याला गरेर जीविकोपार्जन गर्ने निम्न वर्गीय नागरिकका लागि आश्यक आर्थिक प्याकेज ल्याउन सरकारलाई सुझाव दिएका छन् । ‘दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने निम्न वर्गीय श्रमजिवी जनताको खाद्यान्न लगायतको व्यवस्थपनमा आवश्क खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष प्याकेज निमार्णमा सरकारको ध्यान जाने नै छ,’ प्रचण्डले भनेका छन् । उनले संकटको यो घडीमा गरिब र असहायहरुको सहयोगमा मुठि फुकाउन निजी क्षेत्रका व्यवसायीसँग आग्रह समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी