शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लण्डनमा कोरोनाका कारण २४ घन्टाको अन्तरमा बाबुछोरीको मृत्यु

शनिबार, १५ चैत २०७६, १४ : ४२
शनिबार, १५ चैत २०७६

लन्डन । बेलायतको लन्डनमा कोरोना भाइरसको संक्रमणका कारण दुई जनाको  मृत्यु भएको छ । मृतकहरु बाबुछोरी रहेकाे बताइएको छ भने उनीहरु भारतीय मूलको बेलायती भएको बताइएकाे छ ।

 हिथ्रो विमानस्थलको टर्मिनल थ्रीमा कार्यरत अध्यागमन अधिकारी सुधीर शर्माको कोरोना भाइरस संक्रमणका कारण निधन भएको हो ।

६१ वर्षीय शर्मा अन्य रोगका समेत बिरामी रहेको बताइएको छ ।

 गत जनवरी ७ बाट कोरोनाको संक्रमण भएका शर्मालाई अन्यत्रबाट कोरोना संक्रमण भएको बताइएको छ । यसैगरी उनकी छोरी ३३ वर्षीय पूजा शर्माको पनि पिताको निधनको अर्को दिन निधन भएको हो ।

पूजा फार्मेशिष्टको रुपमा कार्यरत रहेको बताइएको छ । अस्पताल भर्ना भएको ३ दिनमा पूजाको निधन भएको थियो भने बाबुछोरीको २४ घन्टाको अन्तरमा निधन भएको द सन् पत्रिकाले बताएको छ । शर्मा वेष्ट लण्डनको हंस्लोमा बस्दै आएका थिए ।

हिथ्रो विमानस्थलको आसपासमा रहेको हस्लो क्षेत्रमा एशियनहरुको बाहुल्यता रहेको छ । यस क्षेत्रमा भारतीय  र नेपालीको बसोवास रहँदै आएको छ । 

सुधीरकी श्रीमतीलाई अहिले आइसोलेशनमा राखिएको छ । बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ५९ पुगिसकेको छ ।

जसमा  २ जना नेपाली समेत रहेका छन् । 

एक नेपाली महिला भने उपचारपछि डिस्चार्ज भएकी छिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप