शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको आशंकामा आइसोलेशनमा राखिएका युवक ‘डिस्चार्ज’

शनिबार, १५ चैत २०७६, १४ : ५४
शनिबार, १५ चैत २०७६

डोटी । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको आशङ्कामा जिल्ला अस्पताल डोटीको आइसोलेशन कक्षमा भर्ना गरिएका दिपायल सिलगढी नगरपालिका—७ रातुलीका १९ वर्षीय तिलक भण्डारीलाई अस्पतालले डिस्चार्ज गरेको छ । छिमेकी मुलुक भारतको तेलङ्गना राज्यमा काम गर्दै आएका ती युवक केही हप्ता पहिले आफनो जन्मथलो डोटी आएका थिए ।

तेलङ्गनामा कोभिड–१९ को सङ्क्रमणका बिरामी फेलापरेपछि उनलाई पनि रुघाखोकी र ज्वरोको लक्षण भेटिएकाले कोरोना भएको हुनसक्ने भन्दै जिल्ला प्रहरी कार्यालय डोटीको सहयोगमा गत मङ्गलबार जिल्ला अस्पतालको आइसोलेशन श्ययामा भर्ना गरिएको थियो ।

आइसोलेसन श्ययामा भर्ना गरिएसँगै उनको घाँटी र नाकको स्वाब परीक्षणका लागि जिल्ला अस्पताल डोटीले बुधबार टेकु अस्पताल काठमाडौँमा पठाएको थियो । स्वाब परीक्षणपछि टेकु अस्पतालले कोरोना सङ्क्रमण नभएको पुष्टि गरेपछि उहाँलाई आज घर पठाइएको जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. ज्योती पाण्डेले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप